इपीएसमा १२ हजार उत्तीर्ण, कोरियाले ६ हजार ७ सयलाई मात्र लैजाने « Khabarhub

इपीएसमा १२ हजार उत्तीर्ण, कोरियाले ६ हजार ७ सयलाई मात्र लैजाने


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२० मा दक्षिण कोरियाले ६ हजार ७ जना नेपालीलाई मात्र वैदेशिक रोजगारीका लागि लैजाने भएको छ ।

यो वर्षका रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमध्ये कोरियाको मानव शसाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र रोष्टर (दर्ता) गर्ने जानकारी गराएको वैदेशिक रोजगार इपीएस शाखाले जानएको छ ।

ईपीएसको लिखिप परीक्षामा पास भएकाहरुको सीप परीक्षा भदौ ४ देखि १८ गतेसम्म हुँदैछ । कोरियन भाषा उत्तीर्ण गरेका परीक्षार्थीले सीप परीक्षणमा सहभागी हुन असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फाराम भरीसक्नुपर्ने शाखाले सूचना प्रकाशन गरेको छ ।

उक्त सीप परीक्षाका लागि कोरियाको एचआरडीले ६ हजार ७ सयको मात्र नाम रोष्टरमा चढाउन शाखालाई निर्देशन दिएको शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले जानकारी दिए ।

सन् २०२० का लागि सञ्चालित ईपीएस परीक्षामा औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए ।

एचआरडीले औद्योगिक क्षेत्रका लागि ४ हजार ७ सय र कृषिमा २ हजार जनालाई सीप परीक्षण सहभागि गराउन शाखालाई जानकारी गराएको शाखाले जनाएको छ । शाखाले सोही अनुसार सूचना प्रकाशित गरेको छ ।

कोरियन भाषा परीक्षामा नाम निकालेका सबै रोजगारीका लागि कोरिया जान योग्य नहुने शाखाका सूचना अधिकारी भण्डारीले बताए । पछिल्लो समय कोरिया सरकारले भाषामा भन्दा सीप परीक्षणमा जोड दिएको उनको भनाइ छ ।

इपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा सहभागी भई अनिवार्य पास हुनुपर्ने छ ।

सीप परीक्षणमा पास भएका परीक्षार्थीले मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने शाखाले जनाएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् ।

सन् २०२० का लागि ८४ हजार भन्दा धेरै नेपालीले कोरियन भाषा परीक्षामा सामेल भएका थिए । जसमध्ये १२ हजार ९ जनाले कोरियन भाषा परीक्षा उत्र्तीण गरेका थिए ।

नेपालबाट कोरियाले सन् २००८ बाट नेपाली कामदार इपीएसमार्फत लैजादै आएको छ । हाल कोरियामा ४४ हजारभन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारी तंथ्याकमा छ । भाषा परीक्षामार्फत करिब ६० नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ११ : ३३ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले