काठमाडौंमा बि-बोइङ प्रतियोगिता हुँदै, विजेतालाई ताइवान जाने मौका | Khabarhub Khabarhub

काठमाडौंमा बि-बोइङ प्रतियोगिता हुँदै, विजेतालाई ताइवान जाने मौका


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – काठमाडौंमा ‘नेपाल बिबोइ सिटी’ प्रतियोगिता हुने भएको छ । नेपाल हिपहप फाउन्डेसन र गोविन्द एजुकेसन फाउन्डेसनले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

बुधवार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमका बारेमा जानकारी दिइयो । आउँदो शनिवार राजधानीको लैनचौरस्थित टिटी हलमा हुन लागेको प्रतियोगितामा नेपालभरबाट प्रतियोगीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक जनाले ताइवानमा हुने प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न चीनबाट एलेक्स नेपाल आइपुगेका छन् ।

आगामी शनिवार लैनचौरमा हुने कार्यक्रममा विभिन्न जिल्लाका प्रतियोगीले सहभागिता जनाउनेछन् । बिबोइ सिटी नेपालका संयोजक दिपेश थापाले प्रतियोगिता विगत दुई वर्षदेखि संचालनमा आइरहेको बताए ।

थापाले नेपालमा हिपहप प्रचलनमा आएकै दश वर्ष भइसकेको र नेपालबाट धेरै हिपहप समूहले देश तथा विदेशमा नेपालमा आफ्ना प्रस्तुति दिइसकेको बताए । यो डान्स युवापुस्तामाझ लोकप्रिय छ ।

सन् २०२४ मा ओलम्पिकमा हिपहपलाई गेमको रुपमा राखिएको र त्यसका लिग आफूहरुले आजैबाट तयारी गरिरहेको पनि उनले जानकारी दिए । साथै उनले मिडियाले पनि हिपहपलाई महत्त्वका साथ स्थान दिनुपर्नेमा जोड दिए ।

बिबोय सिटी नेपालले लुकेर रहेका  यूवाहरूको क्षमतालाई  अन्तराष्ट्रिय स्तरमा पुर्‍याउने ध्येयले प्रतियोगिता गर्न लागेको जानकारी दिए । कार्यक्रममा एसियाका विभिन्न देशका प्रतिनिधि समेत कार्यक्रमको उद्घाटन सत्रमा आउने पनि उनले बताए । ‘हाम्रो मुख्य उद्देश्य भनेको हिफपको माध्यमबाट विश्वमा नेपाली पहिचान स्थापित गर्नु हो,’ थापाले भने ।

बिबोय सिटीमा उपाधी जित्ने समूहले नेपालको प्रतिनिधित्व गर्दै एसियन क्वालिफायरका लागि ताइवान जाने अवसर पाउनेछ । आयोजकका अनुसार पाँच वटा विधामा प्रतिस्पर्धा हुनेछ ।  चीनबाट आएका एलेक्स, नेपालबाट प्रिन्स कानेकी र भारतका सान निर्णायकका रुपमा रहनेछन् ।

नेपालमा व्यवस्थित रूपमा हिपहप संस्कृति विकास भइसकेको बिबोय सिटिमा सहकार्य गरेको गोविन्द एजुकेशनका प्रमुख विज्ञान कँडेलले बताए । ‘हिफपमा लाग्ने व्यक्तिहरू भित्रको कलाले व्यक्ति समाज र देश जोड्न सक्छ, अन्तराष्ट्रिय स्तरमा नेपालको पहिचान दिन सक्छ,’ उनले भने ।

नेपालमा हिपहप क्षेत्रलाई मिडियाले प्राथमिकतामा नराखेको आयोजकको भनाइ थियो । आयोजकले नेपालीहरूले पनि यो क्षेत्रमा राम्रो गर्न सक्ने र हिपहपकै माध्यमबाट नेपाली संस्कृतिलाई पनि विदेशमा पुर्‍याउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  २ : ०५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका