रातो पोशाकमा झनै ‘हट’ देखिइन् नीति शाह, फ्यानले भने- सुन्दरताको सीमा छैन « Khabarhub

रातो पोशाकमा झनै ‘हट’ देखिइन् नीति शाह, फ्यानले भने- सुन्दरताको सीमा छैन


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – सन् २०१७ मा मिस नेपालमा भाग लिनुअघि नै नीति शाहको चर्चा चारैतिर थियो । पछि त झन् उनको चर्चा खुबै हुन थाल्यो । मिस इन्टरनेशनल २०१७ नीतिको चर्चा भइरहन्छ ।

सामाजिक सञ्जालमा पनि नीतिको खुबै चर्चा हुने गर्छ । उनलाई फिल्ममा अफर पनि आइरहन्छन् तर उनले कुनै फिल्ममा पनि काम गर्ने मनशाय बनाएकी छैनिन् अहिलेलाई ।

सानैदेखि मोडलिङ र मिडियामा छाउन चाहने नीति पत्रकारिताकी विद्यार्थी हुन् । उनले ११ कक्षामा हुँदादेखि नै मोडलिङ शुरु गरेकी थिइन् । यद्यपि उनले आफ्नो फिल्मी करिअर भने अझै थालेकी छैनिन् । राम्रो फिल्ममा अफर आए फिल्म खेल्न तयार भएको बताउने नीति पछिल्लो समय कम्पनीका ब्राण्ड प्रमोसनमा भने सक्रिय देखिन्छिन् ।

आफ्नो लूकका कारण सधै चर्चामा रहिरहने नीतिलाई सामाजिक सञ्जालमा फ्यानले खुबै पछ्याउँछन् । हालै नीतिले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा उनलाई निकै सुन्दर देखिएको छ ।

रातो पोशाकमा सजिएकी नीतिका तस्वीरमा फ्यानले खुबै माया दर्शाएका छन् । एक फ्यानले लेखेका छन्, ‘तपाईंको सुन्दरताको कुनै सीमा छैन ।’

फ्यानले उनको सुन्दरताको खुबै तारिफ गरेका छन् । कतिले भने उनलाई छिट्टै नै फिल्ममा पनि देख्न चाहेको बताएका छन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ३ : ४५ बजे

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ

भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली

सप्तरी– सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि