अध्यक्षबाट राजीनामा दिएपछि राहुलले फेरे ट्वीटरको बायो « Khabarhub

अध्यक्षबाट राजीनामा दिएपछि राहुलले फेरे ट्वीटरको बायो


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको विपक्षी कांग्रेस पार्टीको अध्यक्षको पदबाट राजीनामा दिएका राहुल गान्धीले ट्वीटर प्रोफाइल फेरेका छन् ।

गान्धीले यसअघि ट्वीटरको बायोमा कांग्रेसको अध्यक्ष लेखेकोमा त्यसलाई फेरेर ‘कांग्रेसको सदस्य’ मात्र लेखेका छन् । ट्वीटरको उनको बायोमा ‘यो राहुल गान्धीको आधिकारिक अकाउण्ट हो । भारतीय राष्ट्रिय कांग्रेसका सदस्य । सांसद ।’ लेखिएको छ ।

गान्धीले बुधबारमात्र कांग्रेस पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । पछिल्लो आम निर्वाचनमा पार्टीको लज्जास्पद पराजयको जिम्मेवारी लिँदै राजीनामा दिएको गान्धीको भनाइ छ ।

यसअघि गत अप्रिल र मे महिनामा भएको आम निर्वाचनमा केबल ५२ सिट जितेको कांग्रेस पार्टीको अध्यक्षको पदबाट गान्धीले निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै राजीनामा दिने मनशाय देखाएपनि पार्टीभित्रैको दबाबका कारण उनले राजीनामा दिएका थिएनन् ।

यद्यपि बुधबार उनले दिएको राजीनामा अझै स्वीकृत नभइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पार्टीका केही प्रभावशाली नेताहरुले उनलाई अध्यक्षको जिम्मेवारी नछाड्न आग्रह समेत गर्दै आएको बताइन्छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ३ : ०४ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले