अत्याधुनिक हतिरयारसहित विप्लव नेकपाका एक कार्यकर्ता पक्राउ « Khabarhub

अत्याधुनिक हतिरयारसहित विप्लव नेकपाका एक कार्यकर्ता पक्राउ


१९ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना कार्यकर्तालाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ ।

अत्याधुनिक हतियार र गोलीसहित विप्लव समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवाखोलाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा निमदोर्जे तामाङ रहेका छन्। तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिनसमेत बरामद भएको आइएजीपी सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

केही दिन अघि संखुवासभाको तिलिचुङमा प्रहरी र नेकपाका कार्यकर्ताबीच झडप भएको थियो । प्रहरीले विप्लव नेकपाका गतिविधिलाई निगरानी गरिरहेको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ४ : ४२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको