अत्याधुनिक हतिरयारसहित विप्लव नेकपाका एक कार्यकर्ता पक्राउ « Khabarhub

अत्याधुनिक हतिरयारसहित विप्लव नेकपाका एक कार्यकर्ता पक्राउ


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना कार्यकर्तालाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ ।

अत्याधुनिक हतियार र गोलीसहित विप्लव समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवाखोलाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा निमदोर्जे तामाङ रहेका छन्। तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिनसमेत बरामद भएको आइएजीपी सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

केही दिन अघि संखुवासभाको तिलिचुङमा प्रहरी र नेकपाका कार्यकर्ताबीच झडप भएको थियो । प्रहरीले विप्लव नेकपाका गतिविधिलाई निगरानी गरिरहेको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ४ : ४२ बजे

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी