नाकाबन्दी फुकुवा हुनुपर्ने उत्तर कोरियाली अडान « Khabarhub

नाकाबन्दी फुकुवा हुनुपर्ने उत्तर कोरियाली अडान


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– उत्तर कोरियाले अमेरिकासँग हुने ‘सिमित’ आणविक सम्झौताका लागि पनि आफ्नो मुलुकको शर्त नाकाबन्दी फुकुवा हुनुपर्ने अडान दोहोर्‍याएको छ ।

संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली प्रतिनिधिमण्डलले बुधबार अमेरिका नाकाबन्दी र दबाबमूलक व्यवहार’ मा अडिग रहेको टिप्पणी गर्दै आणविक सम्झौता चाहने हो भने अमेरिकाले आफ्नो मुलुकविरुद्धको नाकाबन्दी र दबाबमूलक व्यवहारलाई रोक्नुपर्ने जनाएको हो ।

ट्रम्प प्रशासनले उत्तर कोरियाली आणविक कार्यक्रम आशिंक रुपमा बन्द गर्नका लागि सिमित सम्झौताका लागि विचार गरिरहेको समाचार सार्वजनिक भएको केही समयलगत्तै उत्तर कोरियाको यस्तो भनाइ आएको हो ।

अमेरिकाले उत्तर कोरियासँगको वार्ता र नाकाबन्दीलाई निरन्तरता दिने नीति अख्तियार गर्दै आएको छ ।

गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको दोश्रो शिखर वार्तामा उत्तर कोरियाले योङ्ब्योङ आणविक भट्टी भत्काएको बदलामा आफ्नो मुलुकविरुद्धको नाकाबन्दी फुकुवा हुनुपर्ने प्रस्ताव गरेको थियो । तर, अमेरिकाले उक्त प्रस्ताव अस्वीकार गरेका कारण उक्त शिखर वार्ता बिना निष्कर्ष सकिएको थियो ।

उत्तर कोरियाले योङ्ब्योङबाहेक अन्य स्थानमा आफ्नो आणविक भट्टी नभएको दाबी गर्दै आएपनि अमेरिकी अधिकारीले उत्तर कोरियाको अन्य क्षेत्रमा समेत आणविक प्रशोधन हुने गरेको बताउने गरेका छन् ।

त्यसअघि अमेरिकी अधिकारीले उत्तर कोरियामाथिका नाकाबन्दी जारी रहेपनि सिमित आणविक सम्झौताका बदलामा उत्तर कोरियामा मानवीय सहायता र सम्पर्क कार्यालय स्थापना गर्ने अमेरिकी प्रस्तावलाई उत्तर कोरियाले अस्वीकार गरेको थियो । त्यसयता उत्तर कोरियाले आफ्नो मुलुकमाथि लगाइएको नाकाबन्दी फुकुवा हुनुपर्ने अडान लिँदै आएको छ ।

उत्तर कोरियाले आफ्नो आणविक हतियार पूर्ण रुपमा त्योग्नेमा भने आशंका रहेको अमेरिकी सञ्चारमाध्यमले बताउने गरेका छन् ।

गत सातामात्र उत्तर कोरियाली विदेशमन्त्रालयले आफ्नो मुलुक अमेरिकी नाकाबन्दीसँग कदापी नझुक्ने टिप्पणी गरेका थिए । हालै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुई कोरियाको सीमाक्षेत्रमा भेटवार्ता भएको केही दिन लगत्तै उत्तर कोरियाको यस्तो भनाईलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ४ : ५७ बजे

पिउने पानीको सुनिश्चित गर्न अभियान सञ्चालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक