नौबिसे-नागढुङ्गा सुरुङमार्गको निर्माण शुरु हुँदै | Khabarhub Khabarhub

नौबिसे-नागढुङ्गा सुरुङमार्गको निर्माण शुरु हुँदै


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानी भित्रने सहज मार्गका रुपमा हेरिएको नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण चाँडै शुरु हुने भएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको विहीबारको बैठकमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्ग निर्माणका लागि सबै तयारी भइसकेको बताए । उनका अनुसार जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा सो योजना बनाउने सहमति भएको छ ।

जाइकाबाट अन्तिम निर्णय आउनासाथ काम अघि बढ्ने उनले बताए । उनले भने, “उताबाट हुन्छ भनेको १५ दिनभित्रै शिलान्यास हुनेछ ।”

सो आयोजना सकेसम्म चाँडो सम्पन्न गर्ने गरेर जाइकासँग छलफल भइरहेको मन्त्री महासेठले बताए । ४० महिनामा सम्पन्न गर्ने गरी छलफल भइरहेकामा सरकारले दुई वर्षभित्रै सम्पन्न गर्न जाइकालाई आग्रह गरेको उनले जानकारी दिए ।

सरकारले विभिन्न स्थानका सुरुङमार्ग निर्माणका लागि एकमुष्ठ रु ५९ करोड विनियोजन गरेको उनले जनाए । सरकारका योजनामा परेका ती आयोजनामा आवश्यकताअनुसार बजेट विनियोजन हुनेछ ।

बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापनाको तयारी गरिरहेको बताए । सरकारले आफैँ निर्माण कम्पनी खोले पनि निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति रहेको बताइएको छ ।

काठमाडौँ उपत्यकामा सडक विस्तार क्रममा देखिएका समस्या पूर्णरुपमा समाधान नहुँदा काममा बाधा पुगिरहेको छ ।

समितिका सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौँबाट धार्केसम्मको सडक निर्माण गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा १० वर्ष पहिले भए पनि अझैसम्म काम अघि नबढ्नुको कारण मन्त्रीलाई सोधेका थिए । मन्त्रालयले आफूसँग योजना, नीति र ‘भिजन’ नभए बनाउनुपर्ने तर काममा ढिलाइ गर्न नहुने बताए ।

समितिका सभापति कल्याणीकुमारी खड्काले कतिपय राजमार्गमा सडकको अधिकार क्षेत्र स्पष्ट नभएकाले स्पष्ट पार्नुपर्ने बताइन्। तीनकुनेस्थित वाग्मती पुल निर्माणमा ढिलाइ भएपछि समिति त्यस ठाउँमा पुगेर अनुगमन गरेको थियो । अहिले पनि पुलको अवस्था उस्तै रहेको बताइएको छ । समितिका सदस्य पूर्वमन्त्री टोपबहादुर रायमाझीले काठमाडौँ उपत्यकामा सडकमा देखिएको धुलो र हिलोमा सुधार आइरहे पनि अझै सुधारका लागि काम गर्न बाँकी रहेको बताएका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ९ : ५९ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका