नौबिसे-नागढुङ्गा सुरुङमार्गको निर्माण शुरु हुँदै « Khabarhub

नौबिसे-नागढुङ्गा सुरुङमार्गको निर्माण शुरु हुँदै


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानी भित्रने सहज मार्गका रुपमा हेरिएको नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण चाँडै शुरु हुने भएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको विहीबारको बैठकमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्ग निर्माणका लागि सबै तयारी भइसकेको बताए । उनका अनुसार जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा सो योजना बनाउने सहमति भएको छ ।

जाइकाबाट अन्तिम निर्णय आउनासाथ काम अघि बढ्ने उनले बताए । उनले भने, “उताबाट हुन्छ भनेको १५ दिनभित्रै शिलान्यास हुनेछ ।”

सो आयोजना सकेसम्म चाँडो सम्पन्न गर्ने गरेर जाइकासँग छलफल भइरहेको मन्त्री महासेठले बताए । ४० महिनामा सम्पन्न गर्ने गरी छलफल भइरहेकामा सरकारले दुई वर्षभित्रै सम्पन्न गर्न जाइकालाई आग्रह गरेको उनले जानकारी दिए ।

सरकारले विभिन्न स्थानका सुरुङमार्ग निर्माणका लागि एकमुष्ठ रु ५९ करोड विनियोजन गरेको उनले जनाए । सरकारका योजनामा परेका ती आयोजनामा आवश्यकताअनुसार बजेट विनियोजन हुनेछ ।

बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापनाको तयारी गरिरहेको बताए । सरकारले आफैँ निर्माण कम्पनी खोले पनि निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति रहेको बताइएको छ ।

काठमाडौँ उपत्यकामा सडक विस्तार क्रममा देखिएका समस्या पूर्णरुपमा समाधान नहुँदा काममा बाधा पुगिरहेको छ ।

समितिका सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौँबाट धार्केसम्मको सडक निर्माण गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा १० वर्ष पहिले भए पनि अझैसम्म काम अघि नबढ्नुको कारण मन्त्रीलाई सोधेका थिए । मन्त्रालयले आफूसँग योजना, नीति र ‘भिजन’ नभए बनाउनुपर्ने तर काममा ढिलाइ गर्न नहुने बताए ।

समितिका सभापति कल्याणीकुमारी खड्काले कतिपय राजमार्गमा सडकको अधिकार क्षेत्र स्पष्ट नभएकाले स्पष्ट पार्नुपर्ने बताइन्। तीनकुनेस्थित वाग्मती पुल निर्माणमा ढिलाइ भएपछि समिति त्यस ठाउँमा पुगेर अनुगमन गरेको थियो । अहिले पनि पुलको अवस्था उस्तै रहेको बताइएको छ । समितिका सदस्य पूर्वमन्त्री टोपबहादुर रायमाझीले काठमाडौँ उपत्यकामा सडकमा देखिएको धुलो र हिलोमा सुधार आइरहे पनि अझै सुधारका लागि काम गर्न बाँकी रहेको बताएका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ९ : ५९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले