स्कुटर चोरीको आरोपमा तीन जना पक्राउ « Khabarhub

स्कुटर चोरीको आरोपमा तीन जना पक्राउ


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले स्कुटर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२७ ठमेलबाट उनीहरुलाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ नयाँ बानेश्वर बस्ने इलाम नगरपालिका–४ का २३ वर्षीय अरुण श्रेष्ठ, सङ्खुवासभाको खाँदबारी नगरपालिका–१२ का धिरेन कटुवाल र काठमाडौँ महानगरपालिका–३२ का २१ वर्षीय अनुप तिवारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले तीनै जनालाई स्कुटर चोरेर लैजान लागेको अवस्थामा पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : ५६ बजे

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग