लगानी भित्र्याउने उद्देश्यका साथ ‘नेपाल चेम्बर एक्स्पो’ हुँदै « Khabarhub

लगानी भित्र्याउने उद्देश्यका साथ ‘नेपाल चेम्बर एक्स्पो’ हुँदै


१९ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्यात प्रवर्द्धन तथा वैदेशिक लगानीलाई भित्र्याउने मुख्य उद्देश्यसहित नेपाल चेम्बर अफ कमर्सले आगामी फागुनको दोस्रो साता ‘नेपाल चेम्बर एक्स्पो’ आयोजना गर्ने भएको छ ।

नेपाल चेम्बर अफ कमर्शले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी फागुनको १३ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

यस वर्ष भने एक्स्पोमा उपभोक्ता हितसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमलाई पनि समावेश गर्ने तयारी गरिएको नेपाल चेम्बर अफ कमर्शका संस्थापक अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

एक्स्पोमा २ सय ५० वटा भन्दा बढि स्टलहरु रहने र त्यसमा ९० वटाजति स्टलहरुमा अन्तराष्ट्रिय कम्पनीहरु सहभागी हुनेछन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा ५ दिनसम्म चल्ने एक्स्पोमा भारत, चीन, जापान, फ्रान्सलगायत मुलुकहरु सहभागी हुने पनि नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ९ : ०६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको