आर्थिक विकासमा नेपालको भविष्य सुनौलोः वर्ल्ड बैंक « Khabarhub

आर्थिक विकासमा नेपालको भविष्य सुनौलोः वर्ल्ड बैंक


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक विकासमा नेपालको सकारात्मक भविष्य रहेकोप्रति आशावादी रहेको विश्व बैंक नेपालका प्रमुख फरिस एच हदद–जेर्भोसले बताएका छन् ।

काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आइएसएसआर, पेभेलियन ग्रुप र विश्वबैंकको संयुक्त आयोजनामा ‘नेपाल डेभलपमेण्ट अपडेट २०१९’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका लागि सुन्दर अवसरको ढोका खुलेको र यो खुल्लै रहने विश्वास व्यक्त गरे ।

‘नेपालले दशकसम्म हिंसा व्यहोर्यो, त्यसपछि संक्रमणका झेल्यो । त्यसपछि, सन् २०१५ मा नेपालमा तीन ठूला घटना भए— संविधान जारी भयो, त्यही वर्ष विनाशकारी भूकम्प गयो भने व्यापारमा चुनौति थपियो । पछि सन् २०१७ मा विनाशकारी बाढी आयो ।’ उनले भने, ‘त्यसका बावजुद पनि नेपालले प्रभावकारी रुपमा संघीयता लागू गरेको छ भने नेपालको अर्थतन्त्र पनि गतिशीलतातर्फ बढिरहेको छ ।’

नेपालले प्रभावशाली आर्थिक वृद्धिदर प्राप्त गरेको र यसले निरन्तरता पाउने भन्दै उनले नेपालको वृद्धि उपभोगमुखी लगानीतर्फ बढ्नुपर्नेमा जोड दिए ।

‘लगानीमा आधारित वृद्धिले रोजगारी सिर्जना गर्छ र हामी यही चाहन्छौं ।’ उनले भने ‘नेपालको लगानीका वातावरणबाट हामी खुशी छौं ।’
उनले नेपालले विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिए ।

त्यस्तै, कार्यक्रममा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका आर्थिक सूचकांक सकारात्मक रहेपनि नेपालले अझै धेरै गर्न बाँकी रहेको बताए । पछिल्लो तीन वर्षयता नेपालको आर्थिक वृद्धि सकारात्मक रहेपनि यो उपभोगमुखी रहेको र निजि क्षेत्रको लगानीमा निर्भर रहेको भन्दै उनले यस्तो किसिमको आर्थिक वृद्धि दीगो नहुने पूर्वअर्थमन्त्री कार्कीको भनाइ छ । उनले भने, ‘हामीले दीगो आर्थिक विकासतर्फ ध्यान दिनुपर्छ ।’

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डले पनि नेपालको आर्थिक अवस्था सकारात्मक रहेको जनाए । नेपालले व्यापार घाटा कम गरी रोजगारी सिर्जना गर्नुपर्नेमा पूर्वअर्थमन्त्री पाण्डेले जोड दिए ।

कार्यक्रममा अर्थसमितिको अध्यक्ष कृष्णप्रसाद दाहालले आर्थिक विकासलाई मध्यनजर गर्दा नेपालले दक्षिण एशियामा प्रभावशाली स्थान बनाएको टिप्पणी गरे ।

नेपालले राजनीतिक स्थायित्व निर्माण गरी अर्थतन्त्रलाई गतिशील बनाउन सफल भएको छ । हामीले अब हाम्रो व्यय क्षमता अझ बढाउनुपर्छ ।’ उनले भने ।

त्यस्तै, आइएसएसआरका सदस्य तथा पेभेलियन ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले नेपालमा लगानीमैत्री वातावरण अझै नबनिसकेको टिप्पणी गरे । लगानीकर्ताहरुले अझै विभिन्नखाले बाधाहरुको सामना गर्नुपरेको उल्लेख गर्दै श्रेष्ठले प्रशासनिक झण्झटका कारण लगानीकर्ताहरु निरुत्साहित बनेको बताए ।

कार्यक्रममा विश्वबैंक, नेपालकी वरिष्ठ अर्थविद् केनेचुक्वू मारिया एजेमेनारी, वरिष्ठ अर्थविद् दधि अधिकारी, अन्य अर्थविद् तथा सांसद्हरुले नेपालको वर्तमान अर्थतन्त्र र यसमा गरिनुपर्ने सुधारबारे धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ९ : ३६ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको