छाला चम्काउने यी घरेलु विधि अपनाउनुस् २० मिनेटमै पाउनुहुनेछ परिवर्तन « Khabarhub

छाला चम्काउने यी घरेलु विधि अपनाउनुस् २० मिनेटमै पाउनुहुनेछ परिवर्तन


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ। सुन्दर गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ। क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ।

तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ। अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन । यी तरिका अपनाउनुभयो भने तपाइको छाला सुन्दर, मुलायम र चम्किलो बन्नेछ–

यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ।

नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ।

एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ।

टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो।

काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।

चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ ।

कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।
एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ ।

दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।

एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ।

छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन।?रउश्र

छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ। चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ।

शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस्। अंगुर अम्लीय हुन्छ, अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ६ : ४२ बजे

परराष्ट्रले भन्यो- मध्यपूर्वबाट स्वदेश फर्किन चाहनेलाई जसरी पनि उद्धार गर्छौँ

काठमाडौं– परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण स्वदेश फर्किन चाहने नेपाली

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।