कांग्रेसबाट विजयी जिसस प्रमखु बिरुद्ध करोडौँ मूल्यको राहत सामग्री दुरुपयोग गरेको भन्दै उजुरी « Khabarhub

कांग्रेसबाट विजयी जिसस प्रमखु बिरुद्ध करोडौँ मूल्यको राहत सामग्री दुरुपयोग गरेको भन्दै उजुरी


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– जिल्ला समन्वय समिति ओखलढुङ्गाविरुद्ध प्रदेशसभा सदस्य मोहनकुमार खड्काले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

प्रदेश नं १ का अर्थ समितिका सभापतिसमेत रहेका प्रदेशसभा सदस्य खड्काले ओखलढुङ्गा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठविरुद्ध राहत सामग्रीमा अनियमितता गरेको भन्दै उजुरी दिएका हुन् । सांसद खड्का नेकपा ओखलढुङ्गाका अध्यक्ष पनि हुन् ।

भूकम्पपीडितलाई वितरण गरेर बाँकी रहेको करोडौँ मूल्यको राहत सामग्री जिससले मनपरी ढङ्गले वितरण गरेर दुरुपयोग गरेकाले छानबिन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको खड्काले बताए ।

जिसस प्रमुख श्रेष्ठले आफू आबद्ध दल नेपाली काङ्ग्रेसले जितेका स्थानीय तह र निकटका व्यक्तिलाई मात्रै करोडौँको राहत सामग्री आफूखुशी वितरण गरेको भन्दै छानबिनका लागि उजुरी गरेको नेकपा ओखलढुङ्गाले जनाएको छ । उजुरीमा जिल्लाको विभिन्न ठाँउमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढङ्गले बाँडिएको विषयमा छानबिन गरी दोषीउपर कारवाहीको माग गरिएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय परिसरमा भण्डारण गरिएको हजारौँ थान जाली र करीब ४० टनभन्दा बढी जाली बुन्न बाँकी तार अपारदर्शी ढङगले समितिले बाँडेको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

यस विषयमा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले यो विषय ठूलो भएकाले छोटोमा भनेर नसकिने बताए । “म अहिले जिल्ला बाहिर छु, फोनमा के भन्नु, यसको कथा लामो छ”, जिसस प्रमुख श्रेष्ठले भने, “सदरमुकाम आएपछि नै विस्तृतमा भनौँला ।”

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ५५ बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका