‘छ माया छपक्कै’ लाई रिलिज डेट तोक्नै हम्मे ! « Khabarhub

‘छ माया छपक्कै’ लाई रिलिज डेट तोक्नै हम्मे !


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ दशैँमा रिलिज हुने घोषणा त निर्माण टिमले फ्लोरमा जानुअघि नै गरेको थियो । दशैँ भने पनि फिल्म कुन मितिमा रिलिज हुने भनेर मिति तोकिएको थिएन । केही दिनअघि फिल्म असोज १० गते प्रदर्शनमा आउने भनेर चर्चा चल्यो ।

यतिबेला भने यो फिल्म भदौ २७ मै रिलिज हुने चर्चा छ । यो भनेको विजयादशमीको दिनभन्दा झण्डै १ महिनाअघि हो । चलचित्र भदौ २७ गते रिलिज हुने चर्चा चलिरहँदा यता फिल्म निर्माता रोहित अधिकारीले भने फिल्मका चारवटा मितिमध्ये एक मितिमा फिल्म रिलिज हुने जनाएका छन् ।

‘भदौ २७, असोज ३, असोज १० र असोज १७ मध्ये एक,’ निर्माता अधिकारीले फेसबूकमा उल्लेख गरेका छन् ।

दशैँको अवसर पारेर पहिले दुई चलचित्र ‘रातो टीका निधारमा’ र ‘छ माया छपक्कै’ रिलिज हुने चर्चा थियो । अब ‘कबड्डी ३’ असोज ३ मा रिलिज हुने भएको छ । यस्तै बलिउडका दुई प्रतीक्षित चलचित्र ‘वार’ र प्रभासको ‘साहो’ पनि रिलिज हुँदैछन् । जसकारण दशैँमै रिलिज हुने भनेर पहिले नै घोषणा गरिएको फिल्म पनि कहिले रिलिज हुने गर्ने भनेर निर्माण टिमले मिति तय गर्न सकेको छैन ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ११ : ५५ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु