सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनु पर्छ– अर्थमन्त्री | Khabarhub Khabarhub

सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनु पर्छ– अर्थमन्त्री


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएका छन् ।

अर्थमन्त्री खतिवडाले मुलुकको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनैपर्ने उनको भनाइ थियो ।

आइतबारबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजस्व संकलन गरी निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको पनि पनि दोहोर्‍याए ।

‘हाम्रो उद्देश्य व्यवसाय गर्नेहरु बीचमा स्वच्छ, पारदर्शी प्रतिस्पर्धा रहोस्, मुलुकमा व्यवसायिक वातावरण बनोस्, लगानीको वातावरण बनोस्’, अर्थमन्त्री खतिवडाको भनाइ थियो, ‘ र स्वच्छ कर प्रशासनको माध्यामबाट राजस्व संकलन गरेर निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षाको व्यवस्था र विकास निर्माणको कामलाई अघि बढाउन सकियोस् ।’

अर्थमन्त्री खतिवडाले राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहेपनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको स्पष्ट पारे । उनले सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १ : ०५ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त

नीजि क्षेत्रका निराशालाई अन्त्य गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई

हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर इजरायलको निशानामा 

काठमाडौं– इजरायलले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको

पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

काठमाडौं– नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले