अमरनाथ यात्रामा जाने हिन्दू तीर्थालुमाथि आतङ्ककारी आक्रमणको खतरा | Khabarhub Khabarhub

अमरनाथ यात्रामा जाने हिन्दू तीर्थालुमाथि आतङ्ककारी आक्रमणको खतरा


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्थानीय भारतीय अधिकारीहरूले सुरक्षासम्बन्धी चेतावनी जारी गरेपछि हजारौँको सङ्ख्यामा हिन्दू तीर्थयात्री र पर्यटकले भारत प्रशासित कश्मीर छाडिरहेका छन् ।

भारतीय अधिकारीहरूले अमरनाथ यात्रामा जाने हिन्दू तीर्थालुमाथि ‘आतङ्ककारी आक्रमणको खतरा’ रहेको चेतावनी दिएका थिए ।

अधिकारीहरूले पाकिस्तानद्वारा संरक्षित आतङ्कवादीहरूुले वर्षको एउटा समयमा मात्र जान पाइने प्रसिद्ध तीर्थस्थल अमरनाथतिर गइरहेका तीर्थयात्रीहरूलाई आक्रमण गर्ने योजना बनाएको दाबी गरेका छन् ।

भारतले कश्मीरमा सक्रिय सशस्त्र विद्रोहीहरूलाई पाकिस्तानले संरक्षण दिँदै आएको आरोप लगाउने गरेको छ। त्यसलाई पाकिस्तानले भने अस्वीकार गर्ने गर्छ ।

अमरनाथमा हरेक वर्ष ४५ दिने तीर्थयात्रा हुन्छ । समाचारसंस्था एपीका अनुसार गत जुलाई १ तारिखबाट सुरु भएको उक्त तीर्थयात्राका क्रममा हालसम्म झन्डै तीन लाख जना अमरनाथ पुगिसकेका छन् । अमरनाथ कश्मीरको उच्च हिमाली क्षेत्रमा रहेको एउटा गुफा हो ।

कश्मीर सरकारले तीर्थयात्रीहरूलाई तत्काल उक्त क्षेत्र छाड्न सल्लाह दिएको छ। त्यसले गर्दा यातायात व्यवस्थापनमा कठीनाइ उत्पन्न भएको बीबीसीले जनाएको छ ।

रोएटर्स समाचारसंस्थालाई स्थानीय अधिकारीहरूले बताएअनुसार झन्डै २० हजार भारतीय तीर्थयात्री र पर्यटकहरू एवम् दुई लाख मजदुरहरूले उक्त क्षेत्र छाड्न लागेका छन् । ‘अमरनाथ यात्रीहरूको सुरक्षाका लागि उनीहरूलाई कश्मीर उपत्यकाको यात्रा तत्काल छोट्याउन सल्लाह दिइएको हो,’ कश्मीरका गृहसचिव शलीन काब्राले एउटा वक्तव्यमा भनेका छन् ।

हिन्दू तीर्थयात्रीको सुरक्षाका लागि भारत सरकारले थप १० हजार सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १ : १६ बजे

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा