सागको तयारीका लागि संसदीय उपसमिति पनि गठन « Khabarhub

सागको तयारीका लागि संसदीय उपसमिति पनि गठन


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता (साग) को तयारीको अनुगमन गर्न संसदीय उपसमिति पनि गठन गरिएको छ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रको इज्जतसँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

सरकारलाई सघाउ पु¥याउने उद्देश्यका साथ समितिका सदस्य जीवनराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

उपसमितिका अन्य सदस्यहरुमा नमिताकुमारी चौधरी, गजेन्द्रबहादुर महत, नविना लामा र नारायणप्रसाद मरासिनी रहेका छन् । सो खेलकुद प्रतियोगिता आगामी मंसीर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ । त्यसको तयारीको कामको अनुगमन गरी सरकारलाई आवश्यक निर्देशन दिने कार्यादेश पनि उपसमितिलाई दिइएको समितिकी सभापति घर्तीले बताइन् ।

बैठकमा समितिका सदस्यहरुले सो प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडीहरुको तयारीका लागि आवश्यक तालिम, प्रशिक्षणको उचित व्यवस्थापनको काममा तीव्रता दिन सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य खगराज अधिकारीले सो प्रतियोगिताका खेलाडीहरुको तयारी र पूर्वाधार विकासका लागि आवश्यक व्यवस्थापनको काममा तीव्रता दिन सरकारलाई सचेत गराए ।

समितिका अर्का सदस्य उमेश श्रेष्ठले सो खेलकुद प्रतियोगिताको तयारीका लागि अन्तराष्ट्रिय खेलकुद संघ, संस्थाहरुसँग सहयोग लिन पनि सरकारलाई सुझाव दिए । देशको प्रतिष्ठासँग जोडिएको यस्ता खेलकुद प्रतियोगिताको तयारीको कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

समितिका सदस्यहरुले खेलाडीहरुलाई आवश्यक पोषणको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १ : ५४ बजे

प्रधानमन्त्री देउवालाई भेट्न जनमत पार्टीका अध्यक्ष सीके राउत बालुवाटार पुगे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच

गायक सुनिल गिरीले गरे उदयपुरकी अञ्जु आचार्यसँग विवाह

काठमाडौँ- गायक सुनिल गिरीले उदयपुरकी अञ्जु आचार्यसँग लगनगाँठो कसेका छन्

मेलम्ची समस्या समाधानका लागि पहल गर्छौं : नेता सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १

चेतन ऐडी हत्याको विरोधमा अनेरास्ववियुद्वारा प्रर्दशन

काठमाडौँ- अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीको हत्या विरोधमा

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

काठमाडौँ- स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज