प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले नबेहोर्ने « Khabarhub

प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले नबेहोर्ने


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचारका लागि शनिबार राती सिंगापुरमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नवेहोर्ने भएको छ ।

आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीको उपचारका लागि सिंगापुरमा लाग्ने खर्च सरकारले नवेहोर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सिंगापुरमा गर्ने स्वास्थ्य उपचारको खर्च प्रधानमन्त्री आफैले व्यवस्थापन गर्ने सञ्चारमन्त्री बास्कोटाको भनाइ छ ।

तर प्रधानमन्त्री ओलीसँगै सिंगापुर भ्रमणमा रहेको प्रधानमन्त्री ओलीका निजी चिकित्सक, कर्मचारी, कुरुवा र अन्य व्यक्तिको  हवाई टिकट, भ्रमणभत्ता, बसोबास लगायत सबै खर्च सरकारले वेहोर्ने मन्त्री बास्कोटाले जानकारी दिए ।

गत वर्षदेखि लागु भएको जनस्वास्थ्य ऐनमा नेपालमा उपचार सम्भव हुँदाहुँदै बिदेशमा उपचार गराएमा त्यसको उपचार खर्च सरकारले नवेर्होने उल्लखे छ ।

यसअघि सरकारका उच्च पदका रहेका व्यक्तिहरुले बिदेशमा उपचार गराई सरकारबाट उपचार खर्च लिने गरेको थिए । सो ऐन कार्यन्वयनमा आएपछि प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले नवेहोर्ने भएको हो ।

सरकारले प्रधामन्त्री ओलीको उपचार खर्च नवेहोरेपनि हवाई तथा अन्य खर्च भने सरकारै रहेको छ ।  १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली एकसाता अघिदेखी अस्वस्थ थिए ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्यासिंहले प्रधामन्त्री ओलीको स्वास्थ्य अवस्था गम्भिर नभएको तर आराम गर्नुपर्ने आवश्यकता रहेकाले सिंगापुर भ्रमण तय भएको बताएकी थिइन् । प्रधानमन्त्री ओली सिंगापुरमा एकसाता रहनेछन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ५ : ४५ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले