प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले नबेहोर्ने « Khabarhub

प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले नबेहोर्ने


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचारका लागि शनिबार राती सिंगापुरमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नवेहोर्ने भएको छ ।

आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीको उपचारका लागि सिंगापुरमा लाग्ने खर्च सरकारले नवेहोर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सिंगापुरमा गर्ने स्वास्थ्य उपचारको खर्च प्रधानमन्त्री आफैले व्यवस्थापन गर्ने सञ्चारमन्त्री बास्कोटाको भनाइ छ ।

तर प्रधानमन्त्री ओलीसँगै सिंगापुर भ्रमणमा रहेको प्रधानमन्त्री ओलीका निजी चिकित्सक, कर्मचारी, कुरुवा र अन्य व्यक्तिको  हवाई टिकट, भ्रमणभत्ता, बसोबास लगायत सबै खर्च सरकारले वेहोर्ने मन्त्री बास्कोटाले जानकारी दिए ।

गत वर्षदेखि लागु भएको जनस्वास्थ्य ऐनमा नेपालमा उपचार सम्भव हुँदाहुँदै बिदेशमा उपचार गराएमा त्यसको उपचार खर्च सरकारले नवेर्होने उल्लखे छ ।

यसअघि सरकारका उच्च पदका रहेका व्यक्तिहरुले बिदेशमा उपचार गराई सरकारबाट उपचार खर्च लिने गरेको थिए । सो ऐन कार्यन्वयनमा आएपछि प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले नवेहोर्ने भएको हो ।

सरकारले प्रधामन्त्री ओलीको उपचार खर्च नवेहोरेपनि हवाई तथा अन्य खर्च भने सरकारै रहेको छ ।  १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली एकसाता अघिदेखी अस्वस्थ थिए ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्यासिंहले प्रधामन्त्री ओलीको स्वास्थ्य अवस्था गम्भिर नभएको तर आराम गर्नुपर्ने आवश्यकता रहेकाले सिंगापुर भ्रमण तय भएको बताएकी थिइन् । प्रधानमन्त्री ओली सिंगापुरमा एकसाता रहनेछन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ५ : ४५ बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक