सामाजिक सुरक्षा सेवा प्रभावकारी बनाइने महानिरीक्षक खनालको प्रतिवद्धता « Khabarhub

सामाजिक सुरक्षा सेवा प्रभावकारी बनाइने महानिरीक्षक खनालको प्रतिवद्धता


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले उच्च लगाव एवम् व्यवसायिकतासाथ काम गरी महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा संचालित ‘आवश्यकता पहिचान सम्बन्धी तालिम’ को आइतबार निर्देशनालयमा आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै प्रहरी महानिरीक्षक खनालले सामाजिक सेवा प्रभावकारी बनाउने बताएका हुन् ।

कार्यक्रममा महानिरीक्षक खनालले तालिममा हासिल गरेका व्यवहारिक ज्ञान, सिप एवम् कौशललाई कार्यक्षेत्रमा उतार्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिए । उनीहरुप्रति गरिने सेवामा आवश्यकताको पहिचान एवम् विश्लेषण गरी न्यायपूर्ण काम गर्दै जनमानसमा नेपाल प्रहरी हाम्रो हो, हाम्रा लागि हो भन्ने अनुभव गराउन सफल हुने गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा एवम् अमन चयन कायम गर्न नेपाल प्रहरी सदैव लगनशील भई कार्य गर्दै आएको चर्चा गर्दै प्रहरीले प्रदान गर्ने सेवाको समाजमा पनि उचित विश्लेषण एवम् तथ्य जानु जरुरी रहेको बताए ।

प्रहरीले प्रदान गर्ने विश्वासिलो सेवाका कारणले नै सामाजमा भएका घटनाहरु प्रहरी समक्ष आउने क्रममा बृद्धि भएको समेत उनले उल्लेख गरे । सो अवसरमा प्रहरी महानिरीक्षक खनाल र यूनिसेफ चाइल्ड प्रोटेक्सन सेक्सनका सेक्सन चिफ मारियानाले बालबालिकासँग सम्बन्धित आधारभूत सुरक्षा जानकारी पुस्तिकाको संयुक्त रुपमा लोकार्पण समेत गरेका थिए ।

कार्यक्रममा काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशनका डिन प्रा.डा. महेशनाथ पराजुली र यूनिसेफ चाइल्ड प्रोटेक्सन सेक्सनका सेक्सन चिफ मारियानाले तालिमको महत्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा मावनश्रोत एवम् प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव महानिरीक्षकहरु, काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशनका पदाधिकारीहरु, यूनिसेफका पदाधिकारीहरु, प्रहरी वरिष्ठ अधिकृत लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ५ : ५५ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता