चन्द्रयान–२ ले पहिलो पटक खिच्यो पृथ्वीको तस्विर, अन्तरिक्षबाट यस्तो देखियो « Khabarhub

चन्द्रयान–२ ले पहिलो पटक खिच्यो पृथ्वीको तस्विर, अन्तरिक्षबाट यस्तो देखियो


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले हालै चन्द्र अभियानका लागि पठाएको चन्द्रयान–२ ले खिचेको पृथ्वीका केही तस्विरहरु पहिलो पटक सार्वजनिक गरिएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले चन्द्रयान–२ ले अन्तरिक्षबाट खिचेका पृथ्वीका केही तस्विरहरु आइतबार सार्वजनिक गरेको हो ।

पृथ्वीको बाहिरी कक्षबाट चन्द्रयान–२ मा रहेको विक्रम ल्याण्डरमा जडित एलआई–४ क्यामेराले अगस्ट ३ साँझ ५ बजेर २८ देखि ५ बजेर ३७ मिनेटको बीचमा पृथ्वीको तस्विर खिचेको थियो ।

इसरोले ती तस्विरहरुलाई चन्द्रयान–२ बाट पहिलो पटक खिचिएको भनेको छ । गत हप्ता पनि चन्द्रयान–२ ले पहिलो पटक खिचेका तस्विरहरु भनेर इन्टरनेटमा सार्वजनिक भएका थिए ।

यद्यपि, उक्त तस्विरहरु भने नासाको वेबसाइट तथा गुगलबाट खोजिएका तस्विर भएको बताइएको छ । यता इसरोले पनि यसअघि चन्द्रयान–२ ले खिचेका कुनै तस्विर सार्वजनिक नगरेको बताएको छ ।

यसैबीच चन्द्रयान–२ आगामी सेप्टेम्बर ७ तारिखमा चन्द्रमाको सतहमा अवतरण गर्ने इसरोले जानकारी दिएको छ । अहिले पृथ्वीको कक्षमा रहेर पृथ्वीको परिक्रमा गरिरहेको चन्द्रयान–२ एक हप्तापछि पृथ्वीको कक्षबाट बाहिरिँदै चन्द्रमाको कक्ष तर्फ अगाडि बढ्ने छ ।

चन्द्रमाको कक्षमा पुगेपछि आगामी सेप्टेम्बर ३ मा मुख्य स्पेसक्राफ्टबाट विक्रम ल्याण्डर र प्रज्ञान रोवर छुट्टिने छन् । चन्द्रमाको तल्लो कक्ष हुँदै सेप्टेम्बर ७ मा चन्द्र सतहमा उत्रने योजना रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ६ : ३८ बजे

विदेशी मल आयात रोक्न स्वदेशमै उत्पादन बढाउनुपर्छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले विदेशबाट अर्बौं

सात खर्ब ५५ अर्ब नाघ्यो बेरुजु, एक वर्षमा ३ प्रतिशतले बढ्यो

काठमाडौं- आर्थिक वर्ष ०८१/८२ मा नेपालको कुल बेरुजु ७ खर्ब

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)

स्वास्थ्य मन्त्रालयको कुल बजेट खर्च ७२.९७ प्रतिशत 

काठमाडौं– चालु आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका

टाटामोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आजदेखि

काठमाडौं – टाटामोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘द ग्रान्ड