विमानमा यात्रा गरिरहँदा पूर्वमन्त्रीलाई विष्टलाई हृदयाघात, विमान आकस्मिक अवतरण « Khabarhub

विमानमा यात्रा गरिरहँदा पूर्वमन्त्रीलाई विष्टलाई हृदयाघात, विमान आकस्मिक अवतरण


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री तत्पबहादुर विष्टलाई हवाइ यात्रा गरिहँदा आकाशमै हृदयाघात भएपछि भैरहवा विमानस्थलमा विमान आकस्मिक अवतरण गरिएको छ ।
पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री रहेका विष्ट आइतबार दिउँसो बुद्ध एयरको उडानमार्फत नेपालगञ्जबाट काठमाडौँ आउने क्रममा हृदयाघात भएको हो।

जहाज उडिरहँदा हृदयाघात भएपछि सो बुद्ध एयरको सो उडान भैरहवा विमानस्थलमा अपरान्ह आकस्मिक अवतरण गरिएको हो । उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य जाँचपछि अवस्था सुधारउन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उनलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको भइरहेको छ। चिकित्सकहरूले स्वास्थ्य जाँचपछि उनलाई पहिला गरेको अप्रेशनको साइड इफेक्ट देखिएको बताएका छन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर ३ बाट विजयी विष्ट शेरबहादुर देउवा नेतृत्वको पछिल्लो सरकारमा सञ्चार राज्यमन्त्री बनेका थिए।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ६ : ४४ बजे

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी