एन्फा मैदानमा ठाउँ नपुग्दा यु–१८ टोलीको अभ्यास जावलाखेलमा « Khabarhub

एन्फा मैदानमा ठाउँ नपुग्दा यु–१८ टोलीको अभ्यास जावलाखेलमा


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यु–१८ साफ च्याम्पियनसिप फुटबल लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली युवा टोली अभ्यास शुरु गरेको छ ।

आइतबारदेखि शुरु भएको अभ्यास खेल मैदान अभावका कारण जावलाखेल युथ क्लबको फुटबल मैदानमा थालिएको हो । एन्फामा जारी यु–१६ टोलीको अभ्यास समापन भएपछि एन्फा मैदानमा यु–१८ टोलीले अभ्यास शुरु गर्नेछ ।

सातदोबाटोस्थित एन्फा मैदान बिहानदेखि बेलुकासम्म खेलाडीहरुको प्रशिक्षण्मा व्यस्त हुनेभएपछि यु–१८ टोलीले जावलाखेलमा अभ्यास गर्न लागेको मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले बताए ।

टिमको सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ रहेका छन् भने गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी रहेका छन् । श्रेष्ठले अहिले घरेलु मैदानमै सेप्टेम्बर २०–२९ सम्म आयोजना हुने प्रतियोगिताका लागि ४६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

उनले सिनियर टोलीको अभ्यासमा व्यस्त रहेका नितिन थापा लगायतका खेलाडीलाई पनि यु–१८ का लागि अभ्यासमा बोलाएका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

गोलकिपर:

विशाल सुनार, रोहित कार्की, शुर्य अधिकारी, पुजन होना, निशान खड्का, आकाश रानाभाट ।

डिफेन्डरः

विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, युबेश थापा, विशान्त बस्नेत, अलिक रुम्बा, अन्जन महर्जन, राजु पण्डित, विशाल शाही ।

मिडफिल्डरः

शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आकाश बुढामगर, रेजिन माझि, सञ्जिव लामा, जय गुरुङ, मनिश थापा, कुशल फुयाल, अदित गुरुङ, श्यामु मर्मु, सन्जु श्रेष्ठ, नितिन थापा, सम्राट सुनुवार, रोहन कार्की र मौसम सुब्बा

फर्वाडः

ब्रिजेश चौधरी, सच्चु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, कार्लोस बखरीया, दर्शन गुरुङ, अभिशेक श्रेष्ठ, सन्जु सेन, क्रितिस रत्न छन्जु, मनिश डाँगी

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : ४९ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट