फिलिपिन्समा तीनवटा फेरी दुर्घटना, ३१ जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा तीनवटा फेरी दुर्घटना, ३१ जनाको मृत्यु


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्समा तीनवटा फेरी दुर्घटना हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ । मध्य फिलिपिन्सको इलोइलो र गुएइरमास क्षेत्रको बीचमा रहेको जलक्षेत्रमा मोटरजडित तीनवटा फेरी दुर्घटनामा परेका हुन् ।

खरब मौसमका कारण ती फेरीहरु दुर्घटनामा परेको अधिकारीले जनाएका छन् । दुर्घटनामा हराइरहेका अरु ३ जनाको खोजीकार्य जारी छ ।

दुई फेरीमा ९६ जना यात्री सवार थिए । तेस्रो फेरीमा भने यात्रुविहीन रहेको बताइएको छ ।

बाँकी यात्रुलाई भने उद्धार गरिएको फिलिपिन्सको तटरक्षक निकायले जनाएको छ ।

७ हजार १ सयभन्दा धेरै टापु मिलेर बनेको फिलिपिन्समा हरेक वर्ष यस्ता दुर्घटनामा हजारौंले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : १२ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को