रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश « Khabarhub

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप कागजात झिकाउन आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रविको मुद्दा फिर्ताविरूद्ध युवराज पौडेल सफलसहितले हालेको रिटमा महान्यायाधिवक्ताको कार्यालयका नाममा यस्तो आदेश दिएको हो।

इजलासले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको लिखित जवाफमा उल्लेख गरिएको अभियोगपत्र संशोधनसम्बन्धी ‘त्रुटि सच्याइएको’ भनिएको गत माघ २ गतेको टिप्पणी आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयबाट पेश नभएको भन्दै उक्त कागजात झिकाउन निर्देशन दिएको छ।

यसकाा साथै उक्त टिप्पणी आदेशसँग सम्बन्धित अन्य प्रमाणहरू समेत झिकाई यसअघि गत माघ २७ गते भएको आदेशअनुसार मुद्दाको थप प्रक्रिया अगाडि बढाउन भनिएको छ।

इजलासले उक्त मुद्दा तथा सम्बन्धित अन्य मुद्दाहरू समेत सँगै राखी आगामी चैत ९ गते हेर्न नमिल्ने न्यायाधीशरहित इजलाससमक्ष पेश गर्न पनि आदेश दिएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ५ : ३१ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध