कांग्रेस र राजपाले सोमबारको संसद पनि चल्न नदिने « Khabarhub

कांग्रेस र राजपाले सोमबारको संसद पनि चल्न नदिने


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्ष नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सोमबार बोलाइएको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै काँग्रेस सचेतक भुसालले सर्लाही घटनाको छानविनका लागि संसदीय समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने अडान राखिन् । उनले लोकतन्त्रको पक्षमा, संसदीय अभ्यासको पक्षमा र मानव अधिकारको पक्षमा सरकार छ भने उसले सो घटनाको छानवीनका लागि संसदीय समिति गठन गर्नुको विकल्प नरहेको पनि बताइन् ।

त्यसैगरी राष्ट्रिय जनता पार्टी, नेपालका सांसद कर्णले सर्लाहीमा ३ जना नागरिकको राज्य पक्षबाट गैरन्यायिक ढंगले हत्या भएको दावी गर्दै त्यसको तथ्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने स्पष्ट पारे ।

त्यसैगरी सरकारले पटकपटक प्रतिवद्धता जनाएको गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन पनि सार्वजनिक नगरेसम्म संसद बैठक चल्ने नदिने उनको भनाइ थियो ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले भने राष्ट्रिय मानव अधिकार आयोगले छानविन गरिरहेकाले सो घटनामा संसदीय छानविन समिति गठन गर्न नपर्ने तर्क गरे ।

उनले राष्ट्रिय मानव अधिकार आयोगजस्तो संवैधानिक निकायले छानविन गरिरहेको घटनामा पछि चित्त नबुझे संसदीय समितिले छानविन गर्न सक्ने पनि स्पष्ट पारे । तर तत्कालका लागि सो घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न संवैधानिक र कानुनी रुपमा पनि नमिल्ने प्रमुख सचेतक गुरुङको दावी छ ।

प्रमुख सचेतक गुरुङले लोकतन्त्रमा संवैधानिक विधि र प्रक्रिया अनुसार चल्नुपर्ने भएकाले पनि सरकारले राष्ट्रिय मानव अधिकार आयोगले छानविन सुरु गरेको सो घटनाको छानविनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने अवस्था नदेखेको पनि बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : २३ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।