बोरिस जोनसनको ब्रेक्जिट नीतिलाई ठूलो झट्का | Khabarhub Khabarhub

बोरिस जोनसनको ब्रेक्जिट नीतिलाई ठूलो झट्का


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- विपक्षी तथा वागी कन्जरभेटिभ सांसदहरूले ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट नीतिलाई ठूलो झट्का दिएका छन्।

संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदहरूले मतदान गरेका छन्।  उनीहरूले सहमति विनाको ब्रेक्जिट प्रक्रिया रोक्नका लागि एउटा विधेयकलाई अगाडि बढाउन सक्नेछन्।

सो विधेयकमाथि संसद्‌मा बुधवार छलफल हुने तय भएको छ। मङ्गलवार रातिको मतदानमा सरकारको पक्षमा ३०१ मत खसेको थियो भने विपक्षमा ३२८ मत खसेको थियो।

प्रधानमन्त्री जोनसनले सहमति विनाको ब्रेक्जिट प्रक्रियालाई रोक्ने विधेयक पारित भए आफूले आमनिर्वाचनका लागि प्रस्ताव ल्याउने बताएका छन्। सरकारले अक्टोबर १५ तारिखमा आमचुनाव गराउने संकेत देखाएको छ ।

पार्टी परिवर्तन गर्दै सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्र्याट्समा गएपछि जोनसनले संसद्‌मा बहुमत गुमाएका हुन्।

योसँगै ६ सय ५० सदस्यीय ब्रिटिश संसद्‌मा कन्जरभेटिभ पार्टीको ३०९ र डेमोक्र्याटिक युनियन पार्टीको १० सांसदसहित जोनसनसँग अब ३१९ सांसदको समर्थन छ भने विपक्षी दलसँग ३२० सदस्य छन्।

जोनसन गत जुलाईमा प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री जोनसनले संसद्‌लाई सम्बोधन गरिरहँदा फिलीप ली विपक्षीको स्थानमा गएर बसेका थिए।

सरकारले अप्रत्याशित ढङ्गले ब्रेक्जिट प्रक्रियामा नोक्सानी पुर्‍याएर जनताको ज्यान र जीविका दुवैमा जोखिम निम्त्याइरहेको उनको आरोप थियो।

संसद्‌मा बोल्दै विपक्षी नेता जेरमी कोर्बिनले सहमति विनाको ब्रेक्जिट प्रक्रियाका लागि संसद् सहमत नभएको बताए। उनले सहमति विनाको ब्रेक्जिट प्रक्रिया अघि बढाउन सरकारसँग बहुमत पनि नरहेको जिकिर गरे।

गत हप्ता ब्रिटेनको संसद्लाई ब्रेक्जिट प्रक्रियाको महत्त्वपूर्ण पाँच हप्ताजति निलम्बित गरिएको थियो। सामान्यतया संसद्को नयाँ सत्र सुरु हुनुअघि केही समयका लागि मात्र संसद् स्थगन वा प्रोरोगेनशन हुने गर्दछ। प्रधानमन्त्रीको सिफारिसमा महारानीले त्यसो गर्ने गर्छिन्।

ब्रिटेनमा संसदीय सत्र लगभग एक वर्षको हुन्छ। तर वर्तमान संसद् सन् २०१७ को जुन महिनामा भएको आमनिर्वाचनदेखि निरन्तर थियो।

संसद् स्थगन भएको बेलामा त्यहाँ कुनै बहस र मतदानहरू हुँदैनन् र संसद्‍बाट पारित हुन नसकेका धेरैजसो विधेयकहरू यो बेला निष्क्रिय बन्छन्।

संसद् ‘भङ्ग’ गर्ने र यो निलम्बन गर्ने अवस्थाबीच केही भिन्नता छन्। संसद् भङ्ग हुँदा सांसदहरूको पद रहँदैन र आमनिर्वाचानको प्रचारप्रसारमा संलग्न हुन्छन्। बीबीसीबाट

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ६ : ५८ बजे

बढ्यो डिजेल र मट्टितेलको भाउ, प्रतिलिटर १५३ रुपैयाँसम्म पर्ने

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको

चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ

बागमती – चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज सुनचाँदी पसलेसहित

स्थानीय तह उपनिर्वाचन : कांग्रेसले चयन गर्‍यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसले आगामी मङ्सिर १६ मा हुने स्थानीय

बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यवसायिक बनाइनुपर्छ : गभर्नर अधिकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको

साप्ताहिक ब्रिफिङ : भैरहवामा सकियो रविको बयान, कांग्रेसका सांसद् र मन्त्रीको जुवारी, बंगलादेशमा विद्युत बिक्री सुरु

साप्ताहिक राजनीतिक खबर  उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय