अफगानिस्तामा भएको विस्फोटमा दुई नेपालीको मृत्यु « Khabarhub

अफगानिस्तामा भएको विस्फोटमा दुई नेपालीको मृत्यु


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा सोमबार राति भएको विस्फोटमा दुई जना नेपालीको मृत्यु भएको छ ।

सोमबार राति काबुलमा भएको विस्फोटमा १६ जना मारिएका थिए । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा राति पौने १० बजे भएको बम विस्फोटमा अन्य १९ जना घाइते भएका छन् ।

विस्फोटमा ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको गार्दा वर्ल्ड नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत दुई जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका कृष्ण थापा र रोप्लाका चन्द्र पुन रहेको बताइएपनि दूतावासबाट यसको औपचारिक पुष्टि भने भएको छैन ।

उक्त विस्फोटको जिम्मा तालिवानी समूहले लिएको छ ।

यसअघि २०७३ साल असारमा आफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा १२ जना नेपालीको ज्यान गएको थियो । नेपाली सुरक्षा गार्ड सवार मिनिबसमा भएको हमलामा उनीहरुको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : २० बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै