वीरगन्जमा गोली चल्यो– अपराधिक समूहका व्यक्ति हतियारसहित पक्राउ « Khabarhub

वीरगन्जमा गोली चल्यो– अपराधिक समूहका व्यक्ति हतियारसहित पक्राउ


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले गोली प्रहार गरी अपराधिक समूहका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरी छुटेका फुल हसन अंसारीको समूहका व्यक्ति हतियारसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ इनर्वा बस्ने सत्यराज योगी भनेर चिनिने सन्तोष दास तत्मा छन् ।

प्रहरीका अनुसार मंगलबार राति ९ः४० बजेतिर योगीले ड्युटीमा रहेका प्रहरीतर्फ हतियार ताकेर भागेका थिए ।

प्रहरीले योगीलाई गोली हानेर नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले योगीको दाहिने खुट्टामा गोली लागेको जनाएको छ ।

अहिले उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

योगीको साथबाट टाइप–५४ मोडेलको जस्तो देखिने १ थान पेस्तोल र त्यसमा लाग्ने १७ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट खैरो हेरोइन जस्तो देखिने धूलो पदार्थ १७० ग्राम समेत बरामद भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : ३४ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग