वीरगन्जमा गोली चल्यो– अपराधिक समूहका व्यक्ति हतियारसहित पक्राउ « Khabarhub

वीरगन्जमा गोली चल्यो– अपराधिक समूहका व्यक्ति हतियारसहित पक्राउ


१८ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले गोली प्रहार गरी अपराधिक समूहका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरी छुटेका फुल हसन अंसारीको समूहका व्यक्ति हतियारसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ इनर्वा बस्ने सत्यराज योगी भनेर चिनिने सन्तोष दास तत्मा छन् ।

प्रहरीका अनुसार मंगलबार राति ९ः४० बजेतिर योगीले ड्युटीमा रहेका प्रहरीतर्फ हतियार ताकेर भागेका थिए ।

प्रहरीले योगीलाई गोली हानेर नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले योगीको दाहिने खुट्टामा गोली लागेको जनाएको छ ।

अहिले उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

योगीको साथबाट टाइप–५४ मोडेलको जस्तो देखिने १ थान पेस्तोल र त्यसमा लाग्ने १७ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट खैरो हेरोइन जस्तो देखिने धूलो पदार्थ १७० ग्राम समेत बरामद भएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७६, बुधबार  १० : ३४ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी