टिचिङ परिसरमा नाराबाजी गर्ने १५ जना मेडिकल विद्यार्थी प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

टिचिङ परिसरमा नाराबाजी गर्ने १५ जना मेडिकल विद्यार्थी प्रहरी नियन्त्रणमा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पतालको इन्टिच्युट अफ मेडिसिन (आइओएम) मा नाराबाजी गर्ने १५ जना मेडिकल विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेडिकल शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरुले नै ठगी गरेको भन्दै आन्दोलनरत मेडिकल विद्यार्थीहरुले बुधबार बिहान ९ बजेदेखि नै आइओएमको प्रवेशद्धार अगाडि नाराबाजी गरेका थिए ।

आन्दोलनरत मेडिकल विद्यार्थीलाई आइओएमभित्र प्रवेशमा रोग लगाएपनि अस्पताल परिसरममा नाराबाजी चर्किएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मेडिकल शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरुले नै ठगी गरेको भन्दै मेडिकल विद्यार्थीले आइतबार आइओएमको परीक्षा नियन्त्रण शाखा र डिनको कार्यलयमा तालाबन्दी गरेका थिए । आइओएमले परीक्षा नियन्त्रण शाखाको ताला खुलाएपछि बुधबार बिहान ९ बजे विद्यार्थीहरु पुन तालाबन्दीका लागि आइओएम पुगेका थिए ।

उनीहरुले आफूहरुको माग पुरा नभएसम्म एमवीवीएस, विडिएस, नर्सिङ लगायतका मेडिकल शिक्षाका नयाँ भर्नाका लागि भदौं २१,२२ र २३ गते हुन लागेको प्रवेश परीक्षा हुन नदिने अडान राख्दै आएका छन् । यता सरकारले भने कुनैपनि हालतमा मेडिकल शिक्षाको नयाँ शैक्षित शत्रका लागि प्रवेश परीक्षा गराउने भन्दै आइओएममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी आन्दोलनरत विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ ।

आन्दोलनरत विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएअनुसार यसै शैक्षित शत्रदेखि ७५ प्रतिशत छात्रावृत्ति हुनुपर्ने, गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने र छात्रावृत्तिमा अध्ययनरत विद्यार्थीलाई विभिन्न बाहानामा शुल्क उठाउन नपाइने लगायतका ११ बुंदे माग राखेका छन् ।

उनीहरुले आफ्ना मागहरुमा ७५ प्रतिशत छात्रावृत्तिको व्यवस्था, गण्डकी मेडिकल कलेजले लिएको शुल्क फिर्ता र छात्रावृत्तिमा पढेका विद्यार्थीलाई अन्य शुल्क नलिन व्यवस्था मात्रै गरे पनि तत्कालका लागि नयाँ शैक्षित शत्रको प्रवेश परीक्षा नरोक्ने बताएका छन् ।

परीक्षा नै सञ्चालन हुन नदिने भन्दै मेडिकल विद्यार्थीहरु आन्दोलित भएपछि शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्ने तयारी गर्दैछ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ११ : ५४ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।