श्रम स्वीकृती लिन बैंक खाता विवरण पेश गर्न नसकिने व्यवसायीको भनाइ « Khabarhub

श्रम स्वीकृती लिन बैंक खाता विवरण पेश गर्न नसकिने व्यवसायीको भनाइ


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघले श्रम कार्यालयले श्रम स्वीकृतीसम्बन्धी गरेको सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

श्रम कार्यालयले मंगलबार जारी गरेको सूचनामा श्रम स्वीकृति लिनुपूर्व अनिवार्य रुपमा बैंक खाता नम्बर (प्रमाण सहित पास बुक, चेक स्टेटमेन्ट) कार्यलयमा पेश गर्नुपर्ने सम्बन्धीतलाई जानकारी गराएको थियो ।

बुधबार संघका अध्यक्ष रोहन गुरुङले संघका तर्फबाट विज्ञप्ति जारी गर्दै, वैदेशिक रोजगारमा जाने कामदारको खाता नम्बर, खाता रहेको बैंकको नामका विषयमा विभाग र व्यवसासीबिच छलफल नै नभएको उल्लेख गरेका छन् । श्रम स्वीकृतिका लागि कामदारले कागजात (एटिएम कार्ड, चेक, पास बुक) कहीं, कतै रेकर्ड राख्ने वा पत्रचार गर्ने कार्यमा वैदेशिक रोजगार व्यवसायीहरुले उपलब्ध गराउन नसहिने विज्ञप्तिमा भनिएको छ ।

विभागले वैदेशिक रोजगारीमा जाने कामदारको बैंक खाता अनिवार्य गरेको थियो । भदौ १६ गतेदेखि विदेशी जाने कामदारले श्रम स्वीकृति लिनका लागि बैक खाताको विवरण अनिवार्य गर्नुपर्ने छ ।

भदौ १७ गते श्रम कार्यलयले सूचनामार्फत कामदारले श्रम स्वीकृतिका लागि आवेदन दिदाँ बैक विवरण खुल्ने एटिएम, चेक बुक, पास बुक जस्ता कागाजात पेश गर्नु पर्ने जानकारी गराएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १ : ४८ बजे

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला