सेती नदीको भिर चट्टानमा मार्ने उद्देश्यले खसालिएको गाईको उद्धार « Khabarhub

सेती नदीको भिर चट्टानमा मार्ने उद्देश्यले खसालिएको गाईको उद्धार


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी–जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला नजिकै रहेको सेती नदीको भिर चट्टानमा मार्ने उद्देश्यले अज्ञात व्यक्तिले फालेका तीन वटा गाईको उद्धार गरिएको छ । उद्धार गरिएका गाईलाई संरक्षणका लागि दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको छ ।

सेती नदीको चट्टानमा कसैले फालेर फसिरहेका गाईलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा मङ्गलबार साँझ उद्धार गरी सुरक्षित ठाउँमा निकालिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, “नदीको चट्टानमा फालिएका गाईको उद्धार गरिएको छ, सडकमा छोडिएका गाई जानीजानी उक्त भिरमा धकेलेको जस्तो छ, फाल्नेलाई कारवाही गर्न आदेश दिएको छु ।”

गाई फसेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको दिपायलमा रहेको ३६ नम्बर गणको टोली तथा स्थानीयवासीसहितको टोलीले गाईको सकुशल उद्धार गरेको थियो । त्यस्तै उद्धार गरिएका गाईमध्ये केही दुधालु तथा केही गाई ब्याउने अवस्थाका रहेको उद्धार कार्यमा संलग्न स्थानीयवासी तेजबहादुर डुम्रेलले बताए । उनले भने, “केही गाई दूध दिनेजस्ता छन् भने केही गाई ब्याउने अवस्थाका छन्, कसले भिरमा फाल्यो अचम्म छ ।” डोटी दिपायल पिपल्लास्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडारूपमा छाडिएका गाई जम्मा गरेर कसैले राति बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

गाई कसरी बगेका हुन् भन्नेबारेमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताए । उनले भने “राम्रा गाईहरु भिरमा खसालेका छन्, कसले खसाले छ खोजी गर्दैछौँ ।” उद्धार गरिएका गाईलाई दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । यसभन्दा अगाडि पनि सोही ठाउँमा सात वटा गाई फालिएको थियो । फालिएका ती गाईको पनि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । गाईलाई कसले त्यहाँ फालेको हो भन्ने विषयमा कसैलाई पनि जानकारी छैन ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  २ : १८ बजे

रास्वपा महाधिवेशन : हातमा चिट बोक्न नपाइने, नत्र उम्मेदवारी खारेज हुने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा