सुरेश वाग्ले क्यान्सर केन्द्रको भवन निर्माणको समय अन्तिम पटक थप्न सिफारिस « Khabarhub

सुरेश वाग्ले क्यान्सर केन्द्रको भवन निर्माणको समय अन्तिम पटक थप्न सिफारिस


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समिति अन्तरगतको कार्य दलले काठमाडौंको महाराजगंजस्थित निर्माणाधिन सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र भवन निर्माणका लागि अन्तिम पटक समय थप गर्नुपर्ने सिफारिस गरेको छ ।

संंघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको कार्य दलले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा उक्त भवन निर्माण कार्य सम्पन्न गर्न अन्तिम पटक समय थप गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बुधबार समितिको बैठकमा प्रतिवेदन पेश गर्दै कार्य दलकी संयोजक अञ्जना बिशंखेले भेरिएसन स्वीकृत भई थपिएको समय नौं महिनाभित्र पनि केन्द्रको भवन निर्माण गरी हस्तान्तरण नगरे ठेकेदार कम्पनी गौरा कन्ट्रक्सनसँग क्षतिपूर्ति वापतको रकम असुल गरी निजसँगको ठेक्का सम्झौंता रद्द गर्न निर्देशन दिनुपर्ने सिफारिस पनि गरिएको स्पष्ट पारिन् ।

थपिएको समयभित्र भवन निर्माण सम्पन्न गरी हस्तान्तरण नगरे उक्त कम्पनीलाई कालो सूचीमा राख्न पनि सरकारलाई निर्देशन दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्य दलले सरकारले समयमै भुक्तानी नदिएका कारण केन्द्रको भवन निर्माण कार्य सम्पन्न गर्न ढिलाई भएको पनि स्पष्ट पारेको छ ।

केन्द्रको भवन निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएपनि भुक्तानी निकासामा ढिलाई हुँदा काममा ढिलाई भएको पनि पाइएको कार्य दलकी संयोजक विशंखेले बताइन् । भूकम्पका कारण पनि भवन निर्माणको काममा ढिलाई हुन गएको कार्य दलको निष्कर्ष छ ।

२०६८ साल मंसिर २८ गते निर्माण कार्य शुरु गरी तीनवर्ष भित्र सम्पन्न गरी सक्ने लक्ष्य लिइएको सो केन्द्रको भवनको निर्माण कार्य बजेट निकासा र भूकम्पका कारण ढिलाई हुन गएको दावी गरिएको छ ।

कार्य दलको प्रतिवेदनमा भवनको डिजाईनमा फेरबदल भईरहने, पानी तथा ढल निकास र सडक विस्तार कार्यले पनि भवनको निर्माण कार्यमा केही अवरोध हुन पुगेको कार्य दलको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  २ : ३६ बजे

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि