सांसद लामाको शिक्षामन्त्रीलाई प्रश्न : चिकित्सा शिक्षा ऐन किन उल्लंघन ? « Khabarhub

सांसद लामाको शिक्षामन्त्रीलाई प्रश्न : चिकित्सा शिक्षा ऐन किन उल्लंघन ?


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल कलेजहरुले चिकित्सा शिक्षा ऐनमा भएका कानुनी व्यवस्था कार्यन्वयन नभएको भन्दै सांसद नविना लामाले शिक्षा विज्ञान तथ प्रविधि मन्त्रालयसँग जवाफ मागेकी छन् ।

चिकित्सा शिक्षा ऐनमा मेडिकल शिक्षामा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हुनपर्ने भनिएपछि कुनैपनि मेडिकल कलेजले ऐन पालना नगरेको सांसद लामाको आरोप छ ।

ऐन कार्यान्वयन नहुँदा मेडिकल विद्यार्थीहरु सडकमा आन्दोलित भएको भन्दै सांसद लामाले ऐन कार्यान्वयन नगर्नुको कारण मागेकी हुन् ।

‘आज देशभरका मेडिकल विद्यार्थी सडकमा उत्रिएका छन्, सार्वजनिक मेडिकल कलेजहरुले चिकित्सा ऐन उल्लंघन गरेका छन्’, सांसद लामाले भनिन्, ‘म माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीज्युलाई ध्यानाकर्षण गर्न चाहन्छु, कुनै पनि कलेजले ७५ प्रतिशत छात्रवृत्तिको ऐन कार्यान्वयन गरेको छैन । यस्तो किन भइरहेको छ ?’

सांसद लामाले चिकित्सा ऐन प्रति हेलचेक्र्याइ गरेको भन्दै सरकारले जवाफ दिनुपर्ने बताइन् । उनले चिकित्सा शिक्षा ऐनमा भएका व्यवस्थाहरु कार्यान्वयन नभएको बताइन् ।

सांसद लामाले गण्डकी मेडिकल कलेजले बढी लिएको शुल्क फिर्ता गर्ने निर्णय भएको पाँच महिना बितिसक्दा पनि शुल्क फिर्ता नभएको भन्दै संसदमाफर्त नै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ४ : ३१ बजे

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने

साउन यता १७ गैँडा मरे

चितवन– चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर– कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ