प्रधानन्यायाधीशदेखि जिल्ला अदालतका न्यायाधीशसम्म कसको तलब कति ? « Khabarhub

प्रधानन्यायाधीशदेखि जिल्ला अदालतका न्यायाधीशसम्म कसको तलब कति ?


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालू आर्थिक वर्ष २०७६/७७ देखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बृद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णय साउनदेखि कार्यान्वयन भइसकेको छ ।

सरकारी कर्मचारीहरले बढेको तलब पनि बुझ्न थालिसकेका छन् । तर, संवैधानिक आयोगका प्रमुख तथा पदाधिकारी, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय क्षेत्रका पदाधिकारी र उच्च तथा जिल्ला अदालतका न्यायाधीशको तलब बढाउने सम्बन्धमा भदौ ५ गते बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

भदौ ५ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरेपनि बढेको तलब भने साउन १ गतेदेखि नै लागू हुने जनाइएको छ ।

न्याय क्षेत्रका पदाधिकारीमध्ये सबैभन्दा बढी तलब प्रधानन्यायाधीशको छ । प्रधानन्यायाधीशले अन्य सुविधा बाहेक मासिक ८६ हजार ९ सय ५० रुपैयाँ तलब पाउँछन् । त्यसपछि सर्वोच्च अदालतका न्यायाधीशले मासिक ७१ हजार ९ सय ५० रुपैयाँ तलब पाउँछन् ।

यस्तै, सरकाका महान्यायाधीवक्ता र न्याय परिषद सदस्यले पनि सर्वोच्च अदालतका न्यायाधीशसरह ७१ हजार ९ सय ५० रुपैयाँ तलब पाउँछन् ।

संवैधानिक निकाय (आयोग)का प्रमुख पदाधिकारीको तलब ६८ हजार १ सय ८० तोकिएको छ भने पदाधिकारीहरुको तलब ६४ हजार ४ सय २० तोकिएको छ ।

उच्च अदालतका मुख्य न्यायाधीशको तलब ६८ हजार १ सय ८० तोकिएको छ भने न्यायाधीशको तलब ६४ हजार ४ सय २० रुपैयाँ तोकिएको छ ।

जिल्ला अदालतका न्यायाधीशले भने मासिक ५४ हजार ४ सय ३० रुपैयाँ तलब तोकिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ४ : ४७ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा