बारा र पर्साका हावाहुरी पीडितलाई घर हस्तान्तरण « Khabarhub

बारा र पर्साका हावाहुरी पीडितलाई घर हस्तान्तरण


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारा र पर्सामा गत चैत्र १७ गते हावाहुरीसहितको चक्रवात तथा असिना पानीका कारण क्षति पुगेका घरहरुको पुनःनिर्माण गरी बुधबार हस्तान्तरण गरिएको छ ।

बुधबार एक कार्यक्रमका बीच कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे तथा विभिन्‍न सरकारी निकायका उच्चपदस्थ व्यक्तित्वहरुको उपस्थितिमा प्रदेश नं. २ मुख्यमन्त्री श्री लालबाबु राउतले सम्बन्धित महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाई निर्माण भएका घरहरुको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो गौरवपूर्ण परम्पराको निरन्तरतालाई कायम राख्दै तोकिएको जिम्मेवारी समयमा नै सम्पन्‍न गरेकोमा प्रशंसा गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कामको प्रशंसा गरिएको सन्देश समेत सुनाएका थिए ।

कार्यक्रममा मन्त्री पोखरेलले सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने बाहिनीरगणहरु तथा आपूर्तिकर्ताहरुलाई प्रशंसा पत्र समेत प्रदान गरे ।
सम्वोधनकै क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विपद् प्रभावितहरुको पुर्नस्थापना र घर पुननिर्माण कार्यको लागि नेपाल सरकार र प्रधानमन्त्रीलगायतलाई विशेष धन्यवाद दिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रधानसेनापति थापाले “राष्ट्र सबैभन्दा पहिला” तथा “कर्तव्य सधै पहिला” भन्‍ने संस्थागत मान्यतालाई आत्मसात गर्दै निर्दिष्ट जिम्मेवारीलाई सम्पन्‍न गर्न नेपाली सेना सदैव प्रतिवद्व रहेको बताए ।

मन्त्रिपरिषद्को निर्णय अनुसार क्षति भएका घरहरुको पुनर्निर्माणको काम नेपाली सेनाले बैशाख २१ गतेबाट थालेको थियो । सेनाले ुजनता आवासु कार्यक्रम अन्तरगत बारा जिल्लाको विभिन्‍न ५ स्थानमा ३ सय ४ र पर्सामा जिल्लाको विभिन्‍न ७ स्थानमा ५६५ गरी जम्मा ८६९ घरहरुको निर्माण गरेको हो ।

जनता आवास कार्यक्रम अन्तरगत प्रति घर रु। ५ लाख ४५ हजार ९ सय ८५ रुपैंया निकासा भएकोमा नेपाली सेनाले मितव्ययीतालाई प्राथमिकता दिई प्रति घर रु।५ लाख ८४ हजार ८ सय ८८ रुपैयाँ निर्माण सम्पन्‍न गर्न सफल भई प्रति घर ११.१९ प्रतिशत रकम बचत गरि सो रकम नेपाल सरकारलाई फिर्ता गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ६ : ४७ बजे

‘लालीबजार’को पक्षमा उच्च अदालतको आदेश, शुक्रबारदेखि हलमा लाग्ने

काठमाडौं– उच्च अदालत पाटनको आदेशपछि विवादित चलचित्र ‘लालीबजार’को प्रदर्शनका लागि

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने  

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित

एघार जना सहसचिवको सरुवा

काठमाडौं– सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको