सरकारविरुद्ध आन्दोलनमा उत्रिने काँग्रेसको चेतावनी | Khabarhub Khabarhub

सरकारविरुद्ध आन्दोलनमा उत्रिने काँग्रेसको चेतावनी


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

नेपाली काँग्रेसले बुधबार पार्टी केन्द्रीय कार्य समितिले गरेको १७ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले दुई तिहाईको बलमा लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था र जनसरोकारको विषयमा गम्भिर गल्ती गरेको दावी गर्दै तत्काल नसच्चिए सदन र सडक दुवैतर्फबाट आन्दोलनमा जान बाध्य हुने निर्णय लिइएको स्पष्ट पारे ।

काँग्रेसले सरकारविरुद्धको आन्दोलनलाई सशक्त बनाउन आगामी भाद्र २४ गतेदेखि १५ दिने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान पनि संचालन गर्ने निर्णय गरेको छ । दोस्रो चरणको राष्ट्रिय जागरण अभियान गाउँगाउँमा संचालन गरेर सरकारविरुद्धको पार्टीको आन्दोलनलाई सशक्त बनाउने कार्यक्रम रहेको पनि सहमहामन्त्री डा. महतले बताए ।

नेपाली काँग्रेसले संविधानको मर्म र भावना विपरित एउटै दलको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल हटाउन पनि सरकारसँग माग गरेको छ । त्यसैगरी लोकतान्त्रिक पद्धति, राष्ट्रिय सुरक्षा र गोपनियतासँग जोडिएको मन्त्री परिषद बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट गरेको दावी गर्दै त्यसप्रति पनि आपत्ति जनाउँदै त्यस्ता अबाञ्छित कार्य आगामी नदिन नदोहो¥याउन पनि सरकारलाई सचेत गराइएको सहमहामन्त्री महतले बताए ।

नेपाली काँग्रेसले वर्तमान सरकारको कार्यकालमा भएका वाईडबडी विमान काण्ड, चिनी काण्ड, सुन काण्ड, मेलम्ची काण्ड, एनसेल कर काण्डको छानवीन कार्यलाई उच्च प्राथमिकतामा दिई दोषी उपर कडा कार्वाही हुने गरी छानवीन गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायको गम्भिर ध्यानाकर्षण पनि गराएको छ ।

सहमहामन्त्री महतले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको काम कानुन सम्मत ढंगले अघि बढाउन नसकेकोमा पनि आपत्ति जनाए ।

यसैबीच, नेपाली काँग्रेसले म्याद सकिएका भातृ संगठनहरुको ६ महिना म्याद थपी अधिवेशन सम्पन्न गरेर नयाँ केन्द्रीय कार्य समिति गठन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी विदेशस्थित पार्टीको जनसम्पर्क समितिहरुको पनि म्याद ६ महिना थप गर्ने निर्णय गरिएको पनि काँग्रेसले जनाएको छ ।

नेपाली काँग्रेसको केन्दी्रय कार्य समितिले संघीयता अनुकूलको पार्टीको विधान पारित गरीसंगठन निर्माणको कामलाई पनि अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : १६ बजे

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशील बनाइने छ : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारसँगको संवाद र

स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप

काठमाडौं – फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ

पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी