सरकारविरुद्ध आन्दोलनमा उत्रिने काँग्रेसको चेतावनी « Khabarhub

सरकारविरुद्ध आन्दोलनमा उत्रिने काँग्रेसको चेतावनी


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

नेपाली काँग्रेसले बुधबार पार्टी केन्द्रीय कार्य समितिले गरेको १७ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले दुई तिहाईको बलमा लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था र जनसरोकारको विषयमा गम्भिर गल्ती गरेको दावी गर्दै तत्काल नसच्चिए सदन र सडक दुवैतर्फबाट आन्दोलनमा जान बाध्य हुने निर्णय लिइएको स्पष्ट पारे ।

काँग्रेसले सरकारविरुद्धको आन्दोलनलाई सशक्त बनाउन आगामी भाद्र २४ गतेदेखि १५ दिने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान पनि संचालन गर्ने निर्णय गरेको छ । दोस्रो चरणको राष्ट्रिय जागरण अभियान गाउँगाउँमा संचालन गरेर सरकारविरुद्धको पार्टीको आन्दोलनलाई सशक्त बनाउने कार्यक्रम रहेको पनि सहमहामन्त्री डा. महतले बताए ।

नेपाली काँग्रेसले संविधानको मर्म र भावना विपरित एउटै दलको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल हटाउन पनि सरकारसँग माग गरेको छ । त्यसैगरी लोकतान्त्रिक पद्धति, राष्ट्रिय सुरक्षा र गोपनियतासँग जोडिएको मन्त्री परिषद बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट गरेको दावी गर्दै त्यसप्रति पनि आपत्ति जनाउँदै त्यस्ता अबाञ्छित कार्य आगामी नदिन नदोहो¥याउन पनि सरकारलाई सचेत गराइएको सहमहामन्त्री महतले बताए ।

नेपाली काँग्रेसले वर्तमान सरकारको कार्यकालमा भएका वाईडबडी विमान काण्ड, चिनी काण्ड, सुन काण्ड, मेलम्ची काण्ड, एनसेल कर काण्डको छानवीन कार्यलाई उच्च प्राथमिकतामा दिई दोषी उपर कडा कार्वाही हुने गरी छानवीन गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायको गम्भिर ध्यानाकर्षण पनि गराएको छ ।

सहमहामन्त्री महतले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको काम कानुन सम्मत ढंगले अघि बढाउन नसकेकोमा पनि आपत्ति जनाए ।

यसैबीच, नेपाली काँग्रेसले म्याद सकिएका भातृ संगठनहरुको ६ महिना म्याद थपी अधिवेशन सम्पन्न गरेर नयाँ केन्द्रीय कार्य समिति गठन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी विदेशस्थित पार्टीको जनसम्पर्क समितिहरुको पनि म्याद ६ महिना थप गर्ने निर्णय गरिएको पनि काँग्रेसले जनाएको छ ।

नेपाली काँग्रेसको केन्दी्रय कार्य समितिले संघीयता अनुकूलको पार्टीको विधान पारित गरीसंगठन निर्माणको कामलाई पनि अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : १६ बजे

सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा सशस्त्र महानिरीक्षकको जोड

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार

प्रशिक्षकले सन ह्युङ मिनको नाममा खेलेको ‘जुवा’, जसले डुबायो दक्षिण कोरियालाई

मोन्टेरे, मेक्सिको- दक्षिण कोरियाले बुधबार दक्षिण अफ्रिकाविरुद्ध पराजय मात्र टारेको

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि