भारतको एक पटाका कारखानामा विष्फोट हुँदा १९ जनाको मृत्यु « Khabarhub

भारतको एक पटाका कारखानामा विष्फोट हुँदा १९ जनाको मृत्यु


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पञ्जाब– भारतमा एक पटाका कारखानामा विष्फोट हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । भारतको पञ्जाब राज्यस्थित गुरदासपुर भन्ने स्थानमा पटाका कारखानामा विष्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विष्फोटमा परी अरु दर्जनौं घाइते भएको र घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको भारतीय अधिकारीले जनाएका छन् । बुधबार ४ बजे आसपास विष्फोट भएको र विष्फोटन भएका बेला नजिकै रहेका मानिसहरु समेत आतंकित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विष्फोटनका कारण कारखाना नजिकै रहेका दुई भवन भत्केका छन् । भवन भत्किँदा ५० जनाभन्दा धेरै फसिरहेको हुनसक्ने र उनीहरुको उद्धार तथा खोजीकार्य भइरहेको छ । यद्यपि धुवाँको मुस्लोका कारण फसेका हुनसक्ने आशंका गरिएकाहरुको खोजी तथा उद्धारकार्य प्रभावित बनेको छ ।

पटाका कारखानामा विष्फोटको कारण खुल्न नसकेको जनाइएको छ । उक्त पटाका कारखाना वैध वा अवैध रहेको भन्ने पनि स्पष्ट नरहेको र यसबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ५३ बजे

बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह

गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार