बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप « Khabarhub

बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले लिइरहेको वैदेशिक ऋणको पारदर्शितामाथि प्रश्न उठाएका छन् । दिगो पूर्वाधार विकासका लागि ऋण लिनु नेपालको बाध्यता र आवश्यकता दुवै भएको उल्लेख गर्दै उनले वर्तमान सरकारको नियतमाथि प्रश्न गरेका हुन् ।

महासचिव पोखरेलले विगतमा विदेशी ऋणले देश डुबायो भन्दै आलोचना गर्नेहरू नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको टिप्पणी गरे । “हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसद्‍मा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन्,” उनले फेसबुकमा लेखेका छन्, “यस्तो अवस्थामा स्वाभाविक रूपमा प्रश्न उठ्छ- हिजो विरोध किन ? आज स्वीकार किन ?”

सरकारले लिने ऋणको उपयोगिता र त्यसको प्राथमिकताका विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने पोखरेलको माग छ । उनले सरकारले संसद् र जनताप्रति उत्तरदायी भएर पारदर्शी जवाफ दिनु आवश्यक रहेको बताएका छन् । बिनाकुनै ठोस योजना र प्राथमिकता ऋण थप्दै जाँदा त्यसले दीर्घकालीन रूपमा मुलुकलाई पार्न सक्ने प्रभावबारे उनले सचेत गराएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ९ : २९ बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा