विपदको बेला पीडितको मनमा हुन्छ- 'सेना कति बेला आइपुग्छ ?' | Khabarhub Khabarhub

विपदको बेला पीडितको मनमा हुन्छ- ‘सेना कति बेला आइपुग्छ ?’


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जबजब मुलुकमा विभिन्न सङ्कट आइपर्छ तब सबैले सम्झन्छन् र गुहार्छन् नेपाली सेनालाई । राष्ट्रिय सुरक्षासम्बन्धी समस्या होस् वा कुनै पनि प्राकृतिक प्रकोपको समयमा पीडितको मनमा हुन्छ, “सेना कति बेला आइपुग्छ ?”

आगलागी, डुबान, बाढीपहिरो, भूकम्प, कुनै ठूलो दुर्घटनामा पर्ने पीडितको सबैभन्दा नजिकमा रहेर नेपाली सेनाले आफ्नो कर्तव्य निर्वाह गर्दै आएको छ । त्यतिमात्र होइन, संविधान र राज्यले सुम्पेको जिम्मेवारीबाहेक पनि जटिलभन्दा जटिल काम सेनाले जनस्तरमा ‘वाहीवाही’ पाउने गरी फत्ते गर्दै आएको छ । पीडितको सबैभन्दा नजिकको साथी नै सेना बन्न पुगेको छ ।

गत वर्षको चैत १७ गते राति आएको ‘टोर्नाडो’ बाट पीडित बारा चैनपुरका मुनीलाल रामले बज्रपातको समयमा नेपाली सेना आफ्ना लागि भगवान् भएर आएको बताए । “रातको समय थियो, एक्कासी हुरी चल्यो, सबै उडायो”, उहाँले विगत सम्झँदै भन्नुभयो, “सेना नआएको भए हामी बाँच्दैनथ्यौँ होला, धन्न सेना आयो, उद्धार ग¥यो, औषधि दियो, आज फेरि घर बनाएर दिएको छ । हाम्रा लागि सेना भगवान् नै बनेर आएको छ ।”

पछिल्लो समय फेरि सेनाले चुनौतीका बाबजुद पनि ‘टोर्नाडो’ पीडितलाई आवास निर्माण गरेर पीडितको घाउमा मह्लमपट्टी गर्न सफल भएको छ । अत्यन्त छोटो समय, दिनरात नभनी, वर्षा र भेलको कुनै प्रवाह नगरी सेनाले बारा र पर्साका ‘टोर्नाडो’ पीडितका लागि सुविधा सम्पन्न अत्याधुनिक आवास निर्माण सम्पन्न गरेको छ ।

बारा र पर्साका विभिन्न स्थानीय तहमा पीडित जनताका लागि सेनाले चार महीनाको अवधिमा निर्माण गरेको ८६९ घर आज हस्तान्तरण गरिएको छ । विभिन्न कठिनाइका बाबजुद पनि तोकिएको समयमै सेनाले सो कार्य पूरा गरेको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले गएको चैत १७ गते साँझ करीब ८ बजेतिर बारा र पर्साका केही क्षेत्रमा एक्कासी आएको विध्वंशकारी ‘टोर्नाडो’पछि आफूलाई सबैभन्दा पहिले नै प्रधानसेनापति पूर्णचन्द्र थापाले टेलिफोन गरेर घटनाका बारेमा कुराकानी गरेको स्मरण गरे ।

“हामी तत्कालीन अवस्थामा घटनास्थल पुग्दा पीडितको नजिकै केवल नेपाली सेनामात्र थियो । हामीले प्रभावित क्षेत्र बाराको फेटामा सबैभन्दा पहिले उद्धारका लागि सेनाको अनुहार देख्यौँ”, तत्कालीन अवस्थाको चित्रण गर्दै मुख्यमन्त्री राउत भन्नुहुन्छ, “त्यसपछिमात्र नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सङ्घसंस्था पुगे, जनता विपद्मा भएका बेला सबैभन्दा अगाडि मह्लमपट्टी लगाउन सेना नै पुग्यो ।”

विशेषतः नेपाली सेनाले तराई–मधेशका क्षेत्रमा बारम्बार आइलाग्ने विभिन्न विपद्को उद्धार, राहत तथा पुनःनिर्माणमा आफूलाई अब्बल राख्दै आएको उनको भनाइ थियो । “गर्मीमा हुने आगलागी वा शीतलहर, वर्षामा हुने डुबान होस् या चिसोमा कठ्याङ्ग्रिनबाट जोगाउन सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, मुख्यमन्त्री राउत सेनाले गरेको कामबाट जनता सन्तुष्ट भएको उल्लेख गर्दै भने ।

टेर्नाडोपछिको उद्धार, राहत वितरण र पुनःस्थापनाको चरणसम्म आइपुग्दा सेनाले प्रदेश सरकारसँग नजिकमा रहेर काम गरेकामा प्रदेश सरकार सेनाप्रति कृतज्ञ रहेको उनको भनाइ थियो । उनी भन्छन्, “यो सामान्य जिम्मेवारी थिएन, जनतालाई समयमै घर बन्नुपर्छ भन्ने चाहना थियो, त्यो नेपाली सेनाले पूरा गरेको छ ।”

‘टोर्नाडो’ पीडितको आवास पुनःनिर्माण कार्यदलको नेतृत्व गरेको सेनाका सहायक रथी विनयविक्रम राणाले निकै अप्ठ्यारो परिस्थितिमा आवास निर्माण सम्पन्न भएको बताए। दिनरात नभनी पीडितको आवास निर्माणमा आफूसमेत जुटेको स्मरण गर्दै उनले भने, “हामीले बाढी, डुबान भनेनौँ, दिउँसोमा अत्यधिक गर्मी भएका कारण रातिमा टर्च बालेर जनताको घर बनायौँ ।”

जनता आवास पुनःनिर्माण कार्यदलका अध्यक्ष तथा युद्धकार्य महानिर्देशनालयका निर्देशक उपरथी प्रभुराम शर्मा नेपाली जनतालाई विपद् पर्दा सेनाले सदैव मानवीय सहयोग गरेको बताउँछन् ।  राष्ट्र सेवामा समर्पित हुने र जनताको सुख, दुःखमा समेत सहयोगी हात मिलाउने अवसरका रुपमा आफूले पुनःनिर्माणलाई लिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ९ : ३५ बजे

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौं– एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे,

एनपीएलको दोस्रो दिन दुई भिडन्त : कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

बागलुङ सुम्साका १३२ घरमा धारा छन्, पानी आउँदैन

बागलुङ– २०७६ मा बागलुङको जैमिनी नगरपालिका– ६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए

झापा– झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रे– जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र