नौरथामा विदेसिने भन्छन् : दशैंमा परिवारलाई दुःखी बनाएर पैसा कमाउन हिडिँयो | Khabarhub Khabarhub

नौरथामा विदेसिने भन्छन् : दशैंमा परिवारलाई दुःखी बनाएर पैसा कमाउन हिडिँयो


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार दिउँसो २ बजे नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीडभाड देखिन्यो।

सामान्य समयमा भने विदेसिनेको विमानस्थलको प्रस्थान गेटमा ठुलो भीडभाड हुन्थियो । तर, चाँडपर्वको समय भएर होला विमानस्थलको आगमन कक्ष आफन्त पर्खिने र विदेशदेखि छुट्टिमा घर फर्किनको चाप निकै ठुलो थियो ।

विमानस्थलको प्रस्थान गेटमा न्याउरो अनुहार लगाएर विदेशी जानहरु पनि फोनमा कुराकानी गर्ने व्यस्त थिए । दशैका टीका आउन ५ दिनअघि विदेसिनु परेकाले होला उनीहरुको खासै खुशी थिएन ।

विमानस्थल प्रस्थान गेट बाहिर दशैंको टीकाको मुखमा विदेसिन लागेका केही श्रमिक फोनमा ‘दशैं यस्तै हो’ प्रदेशी जीवन राम्ररी चाडपर्व मनाउन भनेर फोनमार्फत परिवारसँग बिदा माग्दै थिए । यसैबिचमा विमानस्थलमा विदेसिनेको भीडमा बाग्लुङका शिवराज पौडेल भटिए ।

४ महिनाअघि वैदेशिक रोजगारीमा युएई जानका लागि राहदानी पेसेको थिए । उनले असोज १० गत १६ गते विदेश जान्नुपर्छ भनेर म्यानपावर कम्पनी बोलाएको विमानस्थलमा भेटिएको पौडलले बताएका छन् ।

पारिवारिक जिम्मेवारीका भएका कारण वैदेशिक रोजगारीमा जान्न बाध्य रहेको पौडलले बताए ।

‘यहि वर्ष छोरो जन्मिएको थियो । भिसा लागेका कारण पहिलो टीका लगाउन पाइन । अगाडी नी साउदी र युएई बसेर आएको हुँ,’ उनले भने, ‘ दशैँका बेला विदेसिँदा खाली निधार भयो । यो म जस्ता कति विदेशमा बसेका नेपालीहरुको पीडा हो । हामी जस्तो पेट पाल्न विदेशी जानेका लागि दशैँ–तिहार नआएकै राम्रो हुन्छ ।’

यस्तै, विमानस्थलमा भेटिएका धरानका जीवन मगर पनि दशैंको टीका आउन केही दिन बाँकी रहँदा विदेसिनु परेको बताउँछन् । परिवारसँग बसेर टीका लगाउन मन थियो । तर, मकाउको सुरक्षा गार्डका लागि भिसा आएपछि जान्न लागेको मगरले बताए ।

‘छोराछोरीले यो दशैमा सबै जान्न बसेर टीका लगाउनुपर्छ भनेका थिए । धेरै वर्ष भयो दशैंमा टीका नलगाएको । यो वर्षपनि पाइएन । दशैंको टीकाका मुखमा परिवारलाई रुवाएर विदेसिनु परेका छ,’ उनले भने, ‘हामी नेपालीको भाग्य नै यस्तै हो । देशमा रोजगारी नपाएपछि परिवार पाल्न र छोराछारी पढाउन विदेसिनुपर्ने बाध्यता छ ।’

दशैंका टीका लगाउने बेलामा विदेसिनु पर्दा नरमाइलो लागेको वैदेशिक रोजगारीमा कतार जाने विमानस्थलको गेटमा सुरक्षा जाँच गराइरहेका पोखराका लक्की श्रेष्ठले बताए ।

उनले भने, ‘राम्रो रोजगारीका लागि अवसर पाएका कारण टीका नलगाइ जान्न लागेको हुँ । दशैंतिहार मात्र होइन सधैँभरी परिवारसँग बसेर काम गर्ने मन थियो के गर्नु भाग्य मै अरुका देशमा पसिना बगाउन लेखेको रहेछ । दशैंका बेला परिवारलाई रुवाएर हिँडन मन थिएन ।’

दशैका मुखमा धेरैको भिसा लागेका कारण वैदेशिक रोजगारीमा पठाउनुपर्ने अवस्था भएको म्यानपावर सञ्चालक बताउँछन् । रोजगारदाता कम्पनीलाई यस्तै समयमा धेरै कामदारको आवश्यकता पर्छ त्यही भएर पठाउनुपर्ने उनीहरुको भनाई छ ।

सरकारले दशैं तिहारजस्ता महान चाडपर्वमा नेपाली श्रमिक वैदेशिक रोजगारीमा नपठाउन गरी केही दिन बिदाको व्यवस्था गर्नुपर्ने व्यवसायीको बुझाइ छ ।

नेपालमा रोजगारीका अवसर नभएका कारण दशैं तिहारमा पनि रोजगारीका लागि जान्नुपर्ने बाध्यता भएको वैदेशिक रोजगारीमा जान्न लागेका श्रमिकको गुनासो छ ।

चाडपर्वका बेला पनि दैनिक ४ देखि ५ सय वैदेशिक रोजगारीमा जाने गरेको विमानस्थलस्थित अध्यागमन कार्यलयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ९ : २२ बजे

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी