नौरथामा विदेसिने भन्छन् : दशैंमा परिवारलाई दुःखी बनाएर पैसा कमाउन हिडिँयो « Khabarhub

नौरथामा विदेसिने भन्छन् : दशैंमा परिवारलाई दुःखी बनाएर पैसा कमाउन हिडिँयो


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार दिउँसो २ बजे नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीडभाड देखिन्यो।

सामान्य समयमा भने विदेसिनेको विमानस्थलको प्रस्थान गेटमा ठुलो भीडभाड हुन्थियो । तर, चाँडपर्वको समय भएर होला विमानस्थलको आगमन कक्ष आफन्त पर्खिने र विदेशदेखि छुट्टिमा घर फर्किनको चाप निकै ठुलो थियो ।

विमानस्थलको प्रस्थान गेटमा न्याउरो अनुहार लगाएर विदेशी जानहरु पनि फोनमा कुराकानी गर्ने व्यस्त थिए । दशैका टीका आउन ५ दिनअघि विदेसिनु परेकाले होला उनीहरुको खासै खुशी थिएन ।

विमानस्थल प्रस्थान गेट बाहिर दशैंको टीकाको मुखमा विदेसिन लागेका केही श्रमिक फोनमा ‘दशैं यस्तै हो’ प्रदेशी जीवन राम्ररी चाडपर्व मनाउन भनेर फोनमार्फत परिवारसँग बिदा माग्दै थिए । यसैबिचमा विमानस्थलमा विदेसिनेको भीडमा बाग्लुङका शिवराज पौडेल भटिए ।

४ महिनाअघि वैदेशिक रोजगारीमा युएई जानका लागि राहदानी पेसेको थिए । उनले असोज १० गत १६ गते विदेश जान्नुपर्छ भनेर म्यानपावर कम्पनी बोलाएको विमानस्थलमा भेटिएको पौडलले बताएका छन् ।

पारिवारिक जिम्मेवारीका भएका कारण वैदेशिक रोजगारीमा जान्न बाध्य रहेको पौडलले बताए ।

‘यहि वर्ष छोरो जन्मिएको थियो । भिसा लागेका कारण पहिलो टीका लगाउन पाइन । अगाडी नी साउदी र युएई बसेर आएको हुँ,’ उनले भने, ‘ दशैँका बेला विदेसिँदा खाली निधार भयो । यो म जस्ता कति विदेशमा बसेका नेपालीहरुको पीडा हो । हामी जस्तो पेट पाल्न विदेशी जानेका लागि दशैँ–तिहार नआएकै राम्रो हुन्छ ।’

यस्तै, विमानस्थलमा भेटिएका धरानका जीवन मगर पनि दशैंको टीका आउन केही दिन बाँकी रहँदा विदेसिनु परेको बताउँछन् । परिवारसँग बसेर टीका लगाउन मन थियो । तर, मकाउको सुरक्षा गार्डका लागि भिसा आएपछि जान्न लागेको मगरले बताए ।

‘छोराछोरीले यो दशैमा सबै जान्न बसेर टीका लगाउनुपर्छ भनेका थिए । धेरै वर्ष भयो दशैंमा टीका नलगाएको । यो वर्षपनि पाइएन । दशैंको टीकाका मुखमा परिवारलाई रुवाएर विदेसिनु परेका छ,’ उनले भने, ‘हामी नेपालीको भाग्य नै यस्तै हो । देशमा रोजगारी नपाएपछि परिवार पाल्न र छोराछारी पढाउन विदेसिनुपर्ने बाध्यता छ ।’

दशैंका टीका लगाउने बेलामा विदेसिनु पर्दा नरमाइलो लागेको वैदेशिक रोजगारीमा कतार जाने विमानस्थलको गेटमा सुरक्षा जाँच गराइरहेका पोखराका लक्की श्रेष्ठले बताए ।

उनले भने, ‘राम्रो रोजगारीका लागि अवसर पाएका कारण टीका नलगाइ जान्न लागेको हुँ । दशैंतिहार मात्र होइन सधैँभरी परिवारसँग बसेर काम गर्ने मन थियो के गर्नु भाग्य मै अरुका देशमा पसिना बगाउन लेखेको रहेछ । दशैंका बेला परिवारलाई रुवाएर हिँडन मन थिएन ।’

दशैका मुखमा धेरैको भिसा लागेका कारण वैदेशिक रोजगारीमा पठाउनुपर्ने अवस्था भएको म्यानपावर सञ्चालक बताउँछन् । रोजगारदाता कम्पनीलाई यस्तै समयमा धेरै कामदारको आवश्यकता पर्छ त्यही भएर पठाउनुपर्ने उनीहरुको भनाई छ ।

सरकारले दशैं तिहारजस्ता महान चाडपर्वमा नेपाली श्रमिक वैदेशिक रोजगारीमा नपठाउन गरी केही दिन बिदाको व्यवस्था गर्नुपर्ने व्यवसायीको बुझाइ छ ।

नेपालमा रोजगारीका अवसर नभएका कारण दशैं तिहारमा पनि रोजगारीका लागि जान्नुपर्ने बाध्यता भएको वैदेशिक रोजगारीमा जान्न लागेका श्रमिकको गुनासो छ ।

चाडपर्वका बेला पनि दैनिक ४ देखि ५ सय वैदेशिक रोजगारीमा जाने गरेको विमानस्थलस्थित अध्यागमन कार्यलयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ९ : २२ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको