बादर पनि चुरोटको अम्मली बनेपछि… « Khabarhub

बादर पनि चुरोटको अम्मली बनेपछि…


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चुरोट स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा पाउँदा–पाउँदै पनि यसको लत लागेका मानिसहरु छोड्न सक्दैनन् । मानिसले चुरोट तानेको देख्दा देख्दै त्यसको लत जनावरमा पनि सर्न थालेको छ ।

केही समय पहिले इन्डोनेसियामा चुरोट पिउँदै गरेको एक बाँदरको तस्वीरहरु सार्वजनिक भएका थिए । इण्डोनेशियामा पशु अधिकारको लागि काम गर्ने कार्यकर्ताहरुले चुरोट पिउँदै गरेको बाँदरको फोटो लिएकोमा चिडिखानाका कर्मचारीले विरोध समेत जनाएका थिए ।

बानडुंग चिडियाखाना घुम्न आएका एक व्यक्तिले सल्किरहेको चुरोट २२ वर्षका बाँदर ओडोन तिर फ्यादिएका थिए । त्यसपछि ओडोनले चुरोट पिउन सुरु गरेको थियो । मानिसले ओडोनले चुरोट पिउँदै गरेको फोटो खिचे र त्यसलाई इन्टरनेटमा राखिदिए । त्यसपछि त्यो फोटो भाइरल भयो ।

चिडियाखानाका कर्मचारीले भने यो घटना बाकवास भएको प्रतिक्रिया दियो । तर जुन समय यो घटना भएको थियो त्यस समय बांडेका गार्ड ब्रेकमा गएका थिए ।

धुम्रपान गर्ने देशहरुमा इण्डोनेशिया विश्वको अग्रिम देशहरुमा मध्ये एक हो । यसको साथै जनावरहरुको सुरक्षालाई ध्यानमा दिँदै इण्डोनेशियाको रेकर्ड धेरै नै खराब छ । चिडिखानाका प्रवक्ता सुलहानका अनुसार भविष्यमा यस्तै केही नहोस भनेर यो कदम उठाइएको हो ।

सुलहानले भने, ‘चिडियाखानाका धेरै ठाउँमा यस्तो बोर्ड लगाइएको छ र त्यसमा लेखिएको छ घुम्न आएका जनावरलाई खानका लागि केही नदिउँ न त उनीहरुको भएको ठाउँमा चुरोट फालौं ।’ तर, इण्डोनेशियामा एनिमल बेलफेयर सोशाइटीका संस्थापक मैरिसन गुलियानोले यसको लागि चिडियाखानाका व्यवस्थापिकालाई दोषी मान्छन् ।

सन् २०१७ देखि जकार्तामा १५० किमी दक्षिण–पूर्व स्थित यस चिडियाखानालाई बन्द गर्नको लागि आवाज उठाउँदै आइएको छ ।

चिडियाखाना प्रशासनका अनुसार बाँदरले चुरोट पिउनु सिकाईको एक प्रक्रिया हो । मानिसको सम्पर्कमा रहँदा जनावरहरुले पनि धेरै कुरा सिक्छन् । जब मानिसले चुरोट पिउँछ भने उसले पनि सोही अनुरुप चुरोट तानेको हुनसक्छ । त्यसैले चिडियाखाना प्रशासनले उक्त बादरलाई मानिसहरुबाट टाठा राख्दै आएको छन् ।

सन् २०१० मा एक दक्षिण अफ्रिकाको चिन्पान्जी चार्ली पनि आफ्नो चुरोट पिउने बानीले धेरै चर्चामा आएको थियो । ५२ वर्षको उमेरमा चार्लीको मृत्यु भएको थियो । चिडिखाना प्रशासनले धेरै कोशिस गरेका थिए चि चार्लीको यो बानीलाई छुटाउन तर उनीहरु असफल भएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ९ : ३४ बजे

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी