हरियो प्याजले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा | Khabarhub Khabarhub

हरियो प्याजले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरियो प्याजलाई हामीले भान्सामा प्रयोग गर्दै आएको खाद्य वस्तु हो । यसलाई स्प्रिंग ओनियनको नामले पनि चिनिन्छ । हरियो प्याज निकै स्वादिष्ट हुन्छ र स्वास्थ्यका लागि पनि यो उत्तिकै पोषिलो हुन्छ ।

धेरै समयदेखि नै हरियो प्याजको प्रयोग चिनियाँ दबाई बनाउन प्रयोग गरिँदै आइएको छ । तर धेरैलाई यसको फाइदाको बारेमा थाहा हुँदैन । हरियो प्याजमा सल्फर धेरै मात्रामा पाइन्छ, जुन हाम्रो शरीरको लागि निकै लाभदायक मानिन्छ ।

हरियो प्याजमा क्यालोरीको मात्रा पनि कम हुने गर्दछ । हरियो प्याजमा भिटामिन ए, भिटामिन बी २ र भिटामिन सी पनि पाइने गर्छ । साथै कपर, फस्फोरस, म्याग्नेसियम, पोटासियम, क्रोमियम, फाइबर लगायत पाइन्छ । यी सवै तत्व हाम्रो शरीरका लागि चाहिने अत्यावश्यक चिज हुन् ।

मुटु स्वस्थ राख्न

हरियो प्याज मुटु रोगका विरामीलाई निकै लाभदायी मानिन्छ । यसमा हुने कोलेस्ट्रोलको अक्सिडेसन कम गर्ने तत्वले धमनी रोगको खतरालाई पनि कम गर्छ ।

उच्च रक्तचाप रोक्न

हरियो प्याजमा हुने सल्फर निकै फाइदाजनक छ, जसले शरीरमा हुने रक्तचापलाई नियन्त्रण गर्छ । रक्तचापलाई सामान्य बनाइराख्न हरियो प्याज लाभदायी मानिन्छ ।

मधुमेह नियन्त्रण गर्न

हरियो प्याजमा भरपूर मात्रामा क्रोमियम पाइने गर्दछ । जसले हाम्रो रगतमा शुगरको मात्रालाई नियन्त्रण गर्दछ । यसका साथै यसको प्रयोगले ग्लुकोजको मात्रा नियन्त्रणमा मद्दत पु¥याउँछ ।

पाचन पक्रिया सक्रिय बनाउन

हरियो प्याजले पाचन पक्रियालाई सक्रिय बनाउँछ । खाना अपच हुने हरुका लागि हरियो प्याज फलदायी मानिन्छ । त्यस्तै हरियो प्याज विभिन्न पेटसम्बन्धी रोगको लागि पनि उपयोगी मानिन्छ । यसमा पाइने फाइबारले खान मन नलाग्ने समस्या नियन्त्रण गर्दछ ।

चिसो भगाउन सहज

हरियो प्याजको सेवनले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता बढाउने गर्दछ । जसको कारणले विभिन्न रोगसँग लड्न शक्ति मिल्दछ । यसमा पाइने एन्टि ब्याक्टिरियल गुणले चिसो र फ्लूसँग लड्न मद्दत मिल्दछ ।

आँखा तेजिलो बनाउन

हरियो प्याजमा भिटामिन ए प्रशस्त पाइने भएकाले आँखाको रोशनी बढाएर आँखा सम्बन्धी समस्यालाई दूर गर्दिन्छ । यसको सेवनले शरीर र अनुहारमा पर्ने चाउरीपना हटाउन पनि मद्दत गर्दछ । त्यस्तै यसले हड्डी मजबुत बनाउन पनि सहयोग गर्दछ । यसमा पाइने भिटामिन सी र भिटामिन के हाम्रो शरीरको विकासमा मद्दत पुर्‍याउँछ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १० : ३८ बजे

सुनकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

खोटाङ– सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन

दक्षिण अफ्रिकाको क्रिकेटमा पीडा भुल्ने अवसर

सन् १९९० को दशकको सुरुवात, रङ्गभेद नीतिको कारण अन्तर्राष्ट्रिय क्षेत्रले

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई

काठमाडौं – बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई