हरियो प्याजले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा « Khabarhub

हरियो प्याजले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हरियो प्याजलाई हामीले भान्सामा प्रयोग गर्दै आएको खाद्य वस्तु हो । यसलाई स्प्रिंग ओनियनको नामले पनि चिनिन्छ । हरियो प्याज निकै स्वादिष्ट हुन्छ र स्वास्थ्यका लागि पनि यो उत्तिकै पोषिलो हुन्छ ।

धेरै समयदेखि नै हरियो प्याजको प्रयोग चिनियाँ दबाई बनाउन प्रयोग गरिँदै आइएको छ । तर धेरैलाई यसको फाइदाको बारेमा थाहा हुँदैन । हरियो प्याजमा सल्फर धेरै मात्रामा पाइन्छ, जुन हाम्रो शरीरको लागि निकै लाभदायक मानिन्छ ।

हरियो प्याजमा क्यालोरीको मात्रा पनि कम हुने गर्दछ । हरियो प्याजमा भिटामिन ए, भिटामिन बी २ र भिटामिन सी पनि पाइने गर्छ । साथै कपर, फस्फोरस, म्याग्नेसियम, पोटासियम, क्रोमियम, फाइबर लगायत पाइन्छ । यी सवै तत्व हाम्रो शरीरका लागि चाहिने अत्यावश्यक चिज हुन् ।

मुटु स्वस्थ राख्न

हरियो प्याज मुटु रोगका विरामीलाई निकै लाभदायी मानिन्छ । यसमा हुने कोलेस्ट्रोलको अक्सिडेसन कम गर्ने तत्वले धमनी रोगको खतरालाई पनि कम गर्छ ।

उच्च रक्तचाप रोक्न

हरियो प्याजमा हुने सल्फर निकै फाइदाजनक छ, जसले शरीरमा हुने रक्तचापलाई नियन्त्रण गर्छ । रक्तचापलाई सामान्य बनाइराख्न हरियो प्याज लाभदायी मानिन्छ ।

मधुमेह नियन्त्रण गर्न

हरियो प्याजमा भरपूर मात्रामा क्रोमियम पाइने गर्दछ । जसले हाम्रो रगतमा शुगरको मात्रालाई नियन्त्रण गर्दछ । यसका साथै यसको प्रयोगले ग्लुकोजको मात्रा नियन्त्रणमा मद्दत पु¥याउँछ ।

पाचन पक्रिया सक्रिय बनाउन

हरियो प्याजले पाचन पक्रियालाई सक्रिय बनाउँछ । खाना अपच हुने हरुका लागि हरियो प्याज फलदायी मानिन्छ । त्यस्तै हरियो प्याज विभिन्न पेटसम्बन्धी रोगको लागि पनि उपयोगी मानिन्छ । यसमा पाइने फाइबारले खान मन नलाग्ने समस्या नियन्त्रण गर्दछ ।

चिसो भगाउन सहज

हरियो प्याजको सेवनले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता बढाउने गर्दछ । जसको कारणले विभिन्न रोगसँग लड्न शक्ति मिल्दछ । यसमा पाइने एन्टि ब्याक्टिरियल गुणले चिसो र फ्लूसँग लड्न मद्दत मिल्दछ ।

आँखा तेजिलो बनाउन

हरियो प्याजमा भिटामिन ए प्रशस्त पाइने भएकाले आँखाको रोशनी बढाएर आँखा सम्बन्धी समस्यालाई दूर गर्दिन्छ । यसको सेवनले शरीर र अनुहारमा पर्ने चाउरीपना हटाउन पनि मद्दत गर्दछ । त्यस्तै यसले हड्डी मजबुत बनाउन पनि सहयोग गर्दछ । यसमा पाइने भिटामिन सी र भिटामिन के हाम्रो शरीरको विकासमा मद्दत पुर्‍याउँछ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १० : ३८ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले