काठमाडौंका मेयर विद्या सुन्दरलाई डेंगु « Khabarhub

काठमाडौंका मेयर विद्या सुन्दरलाई डेंगु


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बिरामी भएका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य अस्पताल भर्ना भएका छन् ।

उनको त्रिपुरेश्वरस्थि ब्लु क्रस अस्पतालमा उपचार भएको छ । हिजो (बिहीबार) अस्पताल भर्ना भएका मेयरको स्वास्थ्य परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको शाक्यको सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य परीक्षण गर्ने क्रममा गरिएको रगत परीक्षणमा शाक्यलाई डेंगु संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

मेयर शाक्यलाई डेंगु पुष्टि भएपछि उपचार शुरु गरिएको अस्पतालले जनाएको छ ।

यसअघि कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल, नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम पनि डेंगुबाट संक्रमित भएका थिए ।

सुनसरीको धरानबाट शुरु भएको डेंगुले महामारीको रुप लिँदै ५६ जिल्लामा फैलिएको थियो ।

अहिले करिब करिब नियन्त्रणमा आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १२ : १६ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका