पिङ खेल्दा किन लाग्छ रिंगाटा ? « Khabarhub

पिङ खेल्दा किन लाग्छ रिंगाटा ?


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दू नेपालीहरुको महान चाड दशैको माहोला चलिरहेको छ । दशैमा टिका टालो र खानपान सहित पिङको मजामा झुल्ने मानिसहरु धेरै हुन्छन् ।

विजयादशमीको दिन टिका लगाएपछि धर्ती छाड्नुपर्छ भन्ने मान्यता पनि रहेको छ । गाउँघरमा दशैको टिका लगाएपछि टिका र जमराले पिङमा पुजा गरेर खेल्ने चलन पनि रहेको छ । बालबालिका र युवाहरुले पिङ लेख्न टिका कुर्दैनन् । तपाईको घर वरपर हालिएका पिङमा खेल्नेको भिड भइसकेको होला ।

गाउँघरमा बासको लिङ्गा ४ तर्फ राखेर लिङ्गे पिङ हालिन्छ । कसैकसैले पिपल, स्वामीको रुखमा पनि पिङ हाल्छन् । पिङमा उठेर, बसेर दुईजना बसेर पनि खेलिन्छ ।

तपाईहरुलाई पनि पिङ खेल्न मन पर्छ होला । पिङ खेल्दा रमाइलो मात्रै हुँदैन स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । दशैको समयमा धेरै मासु लगायत विभिन्न परिकार खाइने हुदा पिङ खेल्दा शरीरले कसरत पाउँछ र खाएका खानेकुरा पचाउन सहयोग गर्छ ।

पिङले सबैलाई फाइदा भने गर्दैन । केही व्यक्तिहरुलाई पिङमा केही समय मच्चिने वित्तिकै रिंगाटा लाग्ने समस्या हुन्छ । पिङ खेल्दा किन रिंगाटा लाग्छ हामी तपाईलाई यसबारे जानकारी दिदैछौं ।

पिङ खेल्दा किन लाग्छ रिंगाटा ?

– पिङ खेल्दा भित्री कानमा असर पर्दा रिंगाटा लाग्छ,

–ब्लडप्रेसर कम भएको व्यक्तिलाई पिङ खेल्दा रिंगाटा लाग्न सक्छ,

–पिङमा पच्चिदा मुटुको धड्कन असामान्य हुँदा रिंगाटा लाग्छ,

–पिङ खेल्दा तपाई मच्चिएको समयमा तपाईको आँखाको दृष्टिले सामान्य रुपमा काम गर्दैन त्यसकारण पनि रिंगाटा लाग्न सक्छ,

–ब्रेनमा समस्या भएको व्यक्ति हुनुहुन्छ भने पनि पिङ खेल्दा रिंगाटा लाग्छ,

–पिङ खेल्दा धेरै डराउने बानीले पनि रिंगाटा लाग्छ ।

कसरी खेल्ने पिङ ?

यदी तपाईलाई पिङ खेल्दा रिंगाटा लाग्ने समस्या हुन्छ भने बसेर अलिअलि मात्रै बच्चिएर पिङ खेल्न सकिन्छ । पिङ खेल्दा रिंगाटा लाग्ने व्यक्तिले धेरै मच्चिएर पिङ खेल्नु हुँदैन । पिङ खेल्दा आफ्नो शरीर र स्वास्थ्यलाई ख्याल गरिएन भने दुर्घटना हुनसक्छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  २ : ३१ बजे

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको