ओलम्पियन बिष्टले भने- दशैं बिदामा जाने खेलाडीले साग प्रमुख लक्ष्य हो भन्ने नबिर्सिनु « Khabarhub

ओलम्पियन बिष्टले भने- दशैं बिदामा जाने खेलाडीले साग प्रमुख लक्ष्य हो भन्ने नबिर्सिनु


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सागका स्वर्णधारी खेलाडी तथा तेक्वान्दोका प्रशिक्षक दीपक बिष्टले  काठमाडौं र पोखरामा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई ध्यानमा राख्न खेलाडीहरुलाई सुझाएका छन् ।

बन्दप्रशिक्षणमा रहेका खेलाडहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशैं बिदा दिएसँगै उनले दशैं बिदामा पनि सागलाई ध्यानमा राख्न खेलाडीहरुलाई सुझाएका हुन् ।

मंसिर (१५–२४) गतेसम्म हुने सागका लागि २८ वटा खेलका खेलाडी बन्द प्रक्षिणमा थिए । अहिले उनीहरु दशैंका लागि विदामा छन् । राखेपले उनीहरुलाई ५ दिनको बिदा दिएको छ । राखेपले अधिकांश खेलका खेलाडीलाई २४ गतेदेखि अभ्यासमा फर्किन समेत निर्देशन दिएको छ ।

२ महिनाभन्दा लामो समय बन्द प्रशिक्षणमा रहेका कही खेलाडी दशैं मनाउन घर गइसकेका छन् भने केही जाँदैछन् । कतिपय खेलाडी सागकै कारण घर नगइ काठमाडौंमै बस्ने योजनामा छन् ।

चाडपर्वमा खेलाडीहरुलाई कसरी फिट रहन सकिन्छ भनेर खबरहबले ओलम्पियन तथा सागका स्वर्णधारी खेलाडी तथा तेक्वान्दोका प्रशिक्षक दीपक बिष्टसँग गरेको कुराकानीमा उनले खेलाडीहरुलाई यस्तो सुझाए–

–खानपीनलाई ध्यान दिने
–धेरै चिल्लो पिरो नखाने
–शरीरालाई रेष्ट दिने
–साग आफ्नो लक्ष्य हो भन्ने कुरा नबिर्सने
–बन्द प्रशिक्षणमा रहँदा जस्तो अभ्यास गरिरहेको छ त्यसलाई ‘लाइट’ भएपनि दैनिक गरिरहने
–चाडभन्दा पनि देशले सहभागिता जनाउन लागेको साग ठूलो हो भन्ने मनन सबै खेलाडीले गर्ने
–दशैंका दिन पनि बिहान उठेर दौडने पसिना निकाल्ने गरि अभ्यास गर्ने
–अनुसाशन बिर्सनु नबिर्सिने ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ८ : ३० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री