पेस्तोलसहित जनकपुरमा एक जना पक्राउ | Khabarhub Khabarhub

पेस्तोलसहित जनकपुरमा एक जना पक्राउ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उप-मानगरपालिकाबाट कटुवा पेस्तोलसहित प्रहरीले एक जना पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्ने महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ९ बस्ने आनन्द पाठक रहेका छन् । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको संयुक्त गस्ती टोलीले पाठकलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका पाठकविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ७ : ०२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र