दशैंका लागि मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निकासी « Khabarhub

दशैंका लागि मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निकासी


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- दशैँलाई लक्षित गरी मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्लाबाट ल्याइएको भेडाच्याङ्ग्रा म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।

पाँच हजार भेडा र २० हजार च्याङ्गा निकासी भएको केन्द्रका प्रमुख पशु चिकित्सक नारायण कसुमले बताए ।  भेडाच्याङ्ग्राबाट मुस्ताङमा करीब रु ४० करोड भित्रिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घाँसा प्रहरी चौकीले भेडा च्याङ्ग्राको तथ्याङ्क राख्ने गरेको छ ।

पोखरा, काठमाडौं, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, पर्वत र म्याग्दीलगायत जिल्लामा भेडाच्याङ्ग्रा निकासी भएको उनले बताए । पशु सेवा विभागले निकासी हुने भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि पाँच जना पशु चिकित्सकलाई खटाएको थियो ।

‘भेडाच्याङग्राको स्वास्थ्य परीक्षण गरेर, स्वस्थ भएकालाई प्रमाणित गरेर मात्र बजारमा पठाइएको छ”, उनले भने “निकासी भएका मध्य धेरै भेडाच्याङ्ग्रा मुस्ताङका कृषकले पालेका हुन् ।”

खाद्य संस्थानले दुई हजार भेडाच्याङ्ग्रा काठमाडौँ लगेको छ । मुस्ताङबाट हिँडाएर बेनी ल्याइएका भेडाच्याङ्ग्रा यहाँबाट ट्रकमा राखेर काठमाडौँ लगिएको हो । देशका विभिन्न ठाउँका ब्यापारीहरु भेडाच्याङ्ग्रा खरीद गर्न असोज पहिलो सातानै मुस्ताङ पुगेका थिए ।

गत वर्ष १६ हजार पाँच सय भेडाच्याङ्ग्रा निकासी भएको थियो । जसमध्ये खाद्य संस्थानले ९२५ वटा काठमाडौँ लगेको छ । प्रति रोज्जा च्याङ्ग्रा रु २५ हजारका दरले खरीद गरेको ब्यापारी दुर्गा थापाले बताए ।

“अघिल्लो वर्षभन्दा किन्दानै तीनदेखि चार हजारले बढी तिर्नुप¥यो”, थापाले भने “चार पाँच ठाउँमा स्थानीय तह पिच्छेनै कर तिरेका छौँ ।” मुस्ताङको तीन ठाउँमा डेढ सय रुयैयाँका दरले कर तिरेको ब्यापारी हमाल गुरुङले बताए ।

बजारमा जिउँदा रोज्जा च्याङग्रा रु ३० हजारसम्ममा बिक्री भएको छ । प्रतिकिलो च्याङ्ग्राको मासु रु एक हजार ४०० पुगेको छ । च्याङग्रा खरीद गर्न लागेका मिलनचोकका थमप्रसाद कँडेलले वर्षेनी मूल्य बढेकोमा गुनासो गरे । च्याङ्ग्रा कम आउनु, बढ्दो करका कारणले पनि च्याङ्ग्रा महँगिँदै गएको छ ।

छुसाङका कृषक थाक्पा गुरुङ हिमपातका कारण च्याङ्ग्रा मरेको, तिब्बत र डोल्पाबाट कम आएको बताए । बजारमा माग बढेको तर उत्पादन कम भएकाले मूल्य बढेको उनले जानकारी दिए । त्यस्तै च्याङ्ग्राको मूल्य वृद्धि भए पनि उपभोक्ताले दशैँमा खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याग्राको मासु स्वादिष्ट मानिन्छ ।

यार्सागुम्बा, जटामसी, निरमसी, जिम्बुलगायत जडिबुटी पाइने खर्कहरुमा भेडाच्याङ्ग्रा चर्ने गरेको कृषक राजकुमार गुरुङले बताए । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकहरुले व्यावसायिक च्याङ्ग्रा पालन गर्छन् । यो वर्ष करीब रु ४० करोड मूल्य बराबरको भेडाच्याङ्ग्रा निकासी भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ९ : ३२ बजे

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एजेन्सी– एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा

गणेश नेपालीको मृत्युपछि सरकारविरुद्ध वीर अस्पतालमा आफन्तको नाराबाजी

काठमाडौं– यतिबेला वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै

नागरिकको मृत्यु हुँदा माफी माग्ने ती सुशीला, चुपचाप यी बालेन्द्र

काठमाडौं– राज्यको निकायबाट झमेला बेहोरेकै कारण मृत्युको बाटो रोजेकी एक

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै